धम्की र चेतावनीबीच कंगना मुम्बई जाँदै: भनिन्- “न डराउँछु, न झुक्छु" - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धम्की र चेतावनीबीच कंगना मुम्बई जाँदै: भनिन्- “न डराउँछु, न झुक्छु”



एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौट आफ्नो बोलीअनुरुप आज (सेप्टेम्बर ९) सुरक्षासहित मुम्बईका लागि निस्किएकी छिन् ।

उनी आफ्नो घर मनालीबाट मुम्बईका लागि निस्किसकेको र दिउँसोसम्म मुम्बई पुग्‍ने नवभारत टाइम्सले जनाएको छ ।

कंगना स्वयंले पनि मुम्बईका लागि निक्किन लागेको जानकारी ट्विटरमार्फत दिएकी छिन् । निडर कंगनाले ट्विटरमा लेखेकी छिन्, “न डराउँछु, न झुक्छु । गलतको विरुद्ध आवाज उठाइरहन्छु ।”

खबरका अनुसार कंगना दिउँसो १२ बजे चन्डीगढबाट आन्तरिक विमानमा दिउँसो करिब २ बजे मुम्बई पुग्नेछिन् ।

कंगनाले घरबाट निस्किने बेला पनि ट्विटरमा लेखेकी छिन्, “रानी लक्ष्मीबाईको साहस, शौर्य र बलिदानको मैले चलचित्रको माध्यमबाट भएपनि जिउन पाएको छु । दुःखको कुरा यो हो कि मलाई महाराष्ट्र आउनबाट रोकिँदै छ । म रानी लक्ष्मीबाईको बाटोमा हिँड्नेछु, न डराउँछु, न झुक्छु । गलतविरुद्ध आवाज जारी राख्ने छु । जय महाराष्ट्र, जय शिवाज ।”

एएनपीले पनि कंगना हिमाञ्चलबाट चण्डीगढका लागि गाडीमा निस्किएको फोटो ट्विटरमा सेयर गरेको छ । कंगनालाई शिवसेनाले मुम्बई नआउन धम्की दिएका थिए ।

धम्की र चेतावनीबीच कंगनाले सेप्टेम्बर ९ मा मुम्बई आउने चुनौती दिएकी थिइन् । सोहीअनुरुप उनलाई हिमाञ्चल प्रदेशको प्रहरी फोर्सले सुरक्षा दिइरहेको छ ।