आउँदो चुनावमा कांग्रेसको पत्ता साफ गर्छौं : माधब नेपाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आउँदो चुनावमा कांग्रेसको पत्ता साफ गर्छौं : माधब नेपाल



जनकपुर, भदौ १३ –

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले देश र नागरिकको शीर झुकाउने काम गरेको आरोप लगाएका छन्   ।

प्रदेश नं. २ को चुनावी भेलालाई मंगलबार जनकपुरमा सम्बोधन गर्दे नेता नेपालले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको क्रममा देश र जनताको वेइज्जत गराएको अरोप लगाए ।

कांग्रेसले शीर झुकाउने काम गरेकाले आउँदो असोज २ गते हुने चुनावमा नेपाली कांग्रेसको पत्ता साफ गर्नुपर्ने नेता नेपालको भनाई छ ।

उनले वर्तमान संविधान उत्कृष्ट रहेको भन्दै संशोधनको आवश्यकता नभएको दावी गरे। संशोधनको आवश्यकता नै नरहेको संविधानको विषयमा एमाले मधेश विरोधीपार्टी हो भन्दै कांग्रेस, माओवादी र मधेशवादी दलहरुले भ्रम छरेको नेता नेपालको आरोप छ ।

नेकपा एमालेले राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालीको शीर उठाउने काम गरेको दावी पनि गरे । उनले देश र नागरिकको समृद्धि चाहने एक मात्र पार्टी एमाले भएकाले आउँदो चुनावमा पनि एमालेलाई मधेशी जनताले पहिलो शक्ति बनाउने विश्वास व्यक्त गरे ।