तार तानेको डेढ वर्ष पछी लाइन पुग्यो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

तार तानेको डेढ वर्ष पछी लाइन पुग्यो



माधव बेल्वासे
कपिलवस्तु, ३ मंसीर । कपिलवस्तुको विजयनगर गाउपालिका वडा न १ असमारामा विद्युत पुगेपछी असमारा बासीहरु खुसी भएका छन । अन्धकारमा टुकी वालेर वस्दै आएको गाउमा अहिले झिलिमिली वत्ति वल्न थालेको छ ।

छिमेकी राष्ट्र भारतको सिमानाका पर्ने यस गाउमा स्थानिय नागरिक,जनप्रतिनिधि को सक्रितामा विद्युत पुगेको स्थानियको भनाई रहेको छ । गाउमा रहेका १००घरधुरी यसवाट लाभान्दित भएका छन ।सनिवार एक कार्यक्रमको आयोजना गरी विद्युत जडान वितरण गरिएको हो ।डेढ वर्ष अघि देखि तार जडान गरिएको भएपनि वनकार्यलय नदिएको हुदा विद्युत पर्याउन सकिएको थिएन ।

कार्यक्रममा वोल्दै कृष्णनगर वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर आगजा ले कपिलवस्तुको पछाडी परेको तथा सिमानाकामा विद्युत पुर्याउन सहयोग गरेकोमा स्थानिय निकायलाई धन्यवाद दिनुभयो ।यस क्षेत्रका प्रत्येक गाउगाउमा विद्युत पर्याउने लक्ष्य रहेको अजंगले वताए ।

त्यस्तै विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाले गाउपालिका भित्र रहेका सवै गाउमा पुर्वधार पुर्याउने दावी गरे । आफु जनताको लागि काम गर्ने भन्दै जनताले निर्वाचित गरेको भन्दै काम गरेर देखाउने वताए ।त्यस्तै कार्यक्रममा वोल्दै थापाले गाउपालिका भित्रका अन्य ठाउमा छिटै विद्युत पुर्याउने थापाले वताए ।
गाउमा डेढ वर्ष देखी तार मात्र तानिएको तर लाइन नहुदा धेरै समस्या पर्ने गरेको स्थानिय रामेश पासीको दुखेको पाखे । उनले भने “हामि त जनतन टुकीले काम चलाउथ्यौ छोरा छोरी लाई पढ्न सारै अफ्टयारो पर्ने र्गथ्थयो अव गाउमा लाइन आयो खुसी छौ”
यस गाउका विद्यार्थिहरु अन्धकारमा वसेर पढन वाध्य रहेका थिए । स्थानिय निकायले जनप्रनिधि पाएपछि आफुले भन्ने ठाउमा पाएको र अधयक्ष लगाएतलाई भनेपछि गाउमा अज्यालोको लागि पहल गरिएको विद्युत उपभोक्त समितिका अध्यक्ष सिताराम पासीले वताए । धेरै मेहनत र वन कार्यलय सगको छलफल पछि गाउमा विद्युल ल्याउन सफल भएको पासीले वताए ।