कसरी बिग्रियो गायक ईन्द्र जिसीको घरबार ? कारण यो पो रहेछ !(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कसरी बिग्रियो गायक ईन्द्र जिसीको घरबार ? कारण यो पो रहेछ !(भिडियो सहित)



देबेन्द्र केसी -नयाँ दिल्लीे,

त्यसो त गायक इन्द्र जिसी मल्टिपल प्रतिभाका धनी सेलिब्रेटी गायकको रूपमा चिनिन्छन | उनले दर्जनौ सफल ऐल्बम मार्फत आफ्नो प्रतिभाको लोहा मनाईसकेका छन् | गीत सङ्गीतको साथमा समन्ध बढाउन सिपालु जिसी ले आफूलाई “पत्नी ब्रत” गायक मान्छन | नेपाल कै “सफलतम जोडी” मानिने जिसीको घरबार मा ग्रहण लागेको चर्चा अहिले नेपाली बजारमा चल्न थालेपछि ऊनका फ्यानहरु ससंकित भएका छन् | के तपाईँ पनि सोचमा पर्नुभयो ?  भर्खरै रिलिज भएको ऐल्बम “बैमानीको जालैमा परियो “मा गायक जिसी ले कुनै तेस्रो को आगमनले पारिवारिक जीवनमा परेको असर औल्याएका छन् |

गीतकार तथा सङ्गीतकार धनेन्द्र न्यौपानेको शब्द तथा स्व. आईशा न्यौपानेको लयमा गायक जिसीलाई चर्चित गायिका टिका पुन ,धनेन्द्र नयौपाने र माया गुरुङ्गले साथ दिएका छन् | “बैमानीको जालैमा परियो ,माया भन्दा हुरुक्कै मरियो ,यो मायाले पागल बनायो ,न त हाँस्ने बनायो नत रुने बनायो यस्तै रैछ अभागी करिम नत निल्नु ,थुक्नु बनायो ” भन्दै गायकले तेस्रो मान्छेको प्रवेशले आफ्नो घरबार बिग्रेको जिकिर गरेका छन् | “पारिवारिक भिडियो बनाएका छौ | पारिवारमा एउटाले गरेको गल्तीले पुरै परिवार तहस नहस भएको घटनालाई देखाईएको छ “गायक जिसीले भने | पाल्पाका कुशल छाँयाकार सन्तोष बस्यालले खिचेको भिडियोको निर्देशन धनेन्द्र न्यौपाने र कोरियोग्राफी सुमन थापाले गरेका छन् |

महत्त्वपूर्ण पक्ष यस म्युजिक भिडियो मा लय दिएकी आईशा न्यौपाने को छ महिना अघि असमायिक निधन भएको थियो | “यो म्युजिकमा लय दिएर १२ वर्षकै कलिलो उमेरमा यो दुनियाँ छोडेकी नानुले आफैले सङ्गीत गरेको म्युजिक सुन्न पाईनन तर दुनियालाई आफ्नो प्रतिभा छोडेर गईन “पत्रकार तथा म्युजिक भिडियोका हिस्सा सन्तोष बस्यालले भने | पत्रकार देबेन्द्र केसी , बबिता पन्थी र कमल बस्यालको अभिनय रहेको ऐल्वममा सुमन थापा र देवी थापाको नृत्य रहेको छ | “स्व.नानु को प्रतिभालाई एक पटक सबैले हेरिदिनुहोला उनी हामी बिच नभएपनि उनको लय सबैको मनमा बसोस यही नै नानु पर्ति सच्चा सर्दासुमन हुनेछ” गायिका टिका पुनले भनिन | टि टाइम म्युजिक ले बजारमा ल्याएको ऐल्बम लाई विशेष रेकर्डिङ्ग स्टुडियोमा स्वर रेकर्ड गरिएको थियो |

यो ऐल्बम सँग समन्धित अझ विशेष कुरा यो ऐल्बमका फाउण्डर तथा गायक धनेन्द्र न्यौपाने मृगौला पीडित तथा स्व.आईशा न्यौपानेको पिता हुनुन्छ | एक त मृगौलाको गम्भीर पीडित त्यसैमाथी एकमात्र सन्तान छोरी को असमायिक निधन को बज्रपात ! तर पनि जाने बेलामा छोरीले छोडेको अधुरो सपनालाई जगसामु ल्याउन ऐउटा बाबुले गरेको अथक परिश्रमको निसानी हो यो ऐल्बम | नियतिको कठोर बज्रपातको सिकार यो बाबुलाई स्यालुट हाम्रो पनि ! नआत्तिनुस तपाईँको यात्रा उज्जवल छ |