आइ लभ यु अनिसा « Himal Post | Online News Revolution
Logo

आइ लभ यु अनिसा



-केशु “असफल” मगर

इन्ट्रान्सको रिजल्ट आउने दिन थियो।मैले साइन्स फ्याकल्टीको लागि एक्जाम दिएको थिए।।धेरै नर्भस भए त्यो दिन।म केही रहरहरु जन्माएर गाउबाट सहर छिरेको थिए।कतै मेरो उद्देश्यहरू हुर्कन पाउदैन कि ? यस्तै यस्तै कुराले म आतंकित नै बनिरह्यो।

केही समयपछि कलेजको सूचना बोर्डमा रिजल्ट टासियो।मैले सरसर्ती उतीर्ण नामहरू नियाल्दै गए।पाचौ नमबरमा एउटा नाम देखे “अनिसा”।मेरा एकजोडी आँखा त्यही नामको वरिपरि घुमिरह्यो।किनकि त्यसको ठ्याक्कै तल छैठौं नम्बरमा आफ्नै नाम थियो।पहिलोपटक आफ्नै नाम एकदमै प्यारो लाग्न थालेको थियो।मेरो मन खुसीले नाच्न थालिसकेको थियो।त्यसै दिनदेखि आफ्नो नामसङ्गै आएको त्यो नाम पनि मुटुमा बसिसकेको थियो।अब कहिल्यै नमेटिने गरेर।उनै अनिसाको रूप,रङ्ग,बानीब्योहरा अनि बौद्धिक क्षमताको कल्पना गर्दै दिनहरू बित्न थाले।

केही दिनपछि कलेज सुरु भयो।कलेजको लाइफको पहिलो दिन मैले अनिसालाई खोज्नु अनि भेट्नु थियो।म सानै देखि लजालु स्वाभवको भएकोले पनि अक्सर मेरा केटी साथीहरू कमै थिए।त्यसैले उसको सामु मैले बोल्नु भनेको मेरो लागि सूर्य चिस्याउनु जत्तिकै कठिन थियो।केही बेरको प्रयास पछि मैले उसलाई चिन्न सके तर बोलाउन सकिन।
पहिलो दिन उसलाई बोलाउन नसकेकोमा म एकदमै पछुताएको थिए।रातभरि निदाउन सकिन।म उसलाई यस्तो असल साथी मात्र बनाउन चाहन्थे जो बाट मैले धेरै कुराहरू सिक्ने मौका पाओस।भोलिपल्ट हाफटाइममा आफू एक्लै बसेको मौकामा मैले मित्रताको हात बढाएको थिए।

“हाई,म सुदिप”
“हाई,म अनिसा” उसले मुसुक्क मुस्कुराएर बोलेकी थिई।
“अनि तपाईँ कहाबाट?” मैले फेरि प्रश्न गरेको थिए।
“म स्याङ्जा अनि तिमी?” उसले एकदमै सहज रूपमा उत्तर फर्काएको थिए।
“म पाल्पा,रामपुर।अनि तिमी पाल्पा नै किन नि?” यत्तिखेर मैले पनि परिचित जस्तै भएर प्रश्न गरेको थिए।
“यत्तिकै,गाउमा साइन्स पढाउदैन त्यसैले।फेरि मेरो फूपू पनि यही हुनुहुन्छ ?” उसले उत्तर फर्काएकी थिई।
“के हामी साथी बन्न सक्छौ?” मैले भनेको थिए।
“ओके” उसले भनेकी थिई।

त्यसरी हामी त्यसदिन बाटा साथी बनेका थियौ।।अनिसा चन्चले केटी थिई।म लाजलु स्वाभावको थिए।उ मसङ्ग खुलेर कुरा गर्थी।अनि मलाई पनि खुलेर जिउन सिकाउथी।उसको सङ्गतले गर्दा मैले मेरो लजालुपनलाई किनारा लगाउदै थिए बिस्तारै बिस्तारै।अब बिस्तारै म पनि उनीसङ्गै खुल्न थालेको थिए।हामी बिस्तारै बिस्तारै झन् घनिष्ठ बन्दै गैरहेका थियौ।हामीबिच सबै शेयर हुने गर्दथ्यो चाहे पढाइका कुरा होस या चाहे जिन्दगीका तितामिठा कुरा।

अनिसा नाम जस्तै सुन्दर थिई अनि पढाइमा निकै ट्यालेन्ट थिई।आफ्नो आमा आफूलाई जन्मने बित्तिकै बितिसकेपछि बुबाले नै उसको लालनपालन गरेर पढाएको भन्थी।उ सधैँ भन्ने गर्थी”सुदिप,म डाक्टर पढ्न चाहन्छु।म चाहन्छु विकट गाउका महिकाहरुले मेरी आमाले जस्तै ज्यान गुमाउन नपारोस।”

उसको यस्तो बिचारले मलाई बिस्तारै उनीप्रति आकर्षित गर्दै लागेको थियो।बिस्तारै मेरो मनमा उनीप्रति माया पलाइसकेको थियो।हाम्रो विचारहरू पनि मिल्ने गर्दथ्यो।उ जीवनका कुरा,दर्शनका कुरा,आदर्शका कुरा सधैँ मसङ्ग गर्ने गर्दथिन।भन्थिन “सुदिप,आमाबाबुको मन कहिल्यै नदुखाउनु ल।आमाहरू भनेका जिउदो भागवन हुन।सायद आज मेरी आमा जिउदो भएको भए म कति माया गर्थे होला उसलाई”। उ यस्तै बोलेर अँखा टिलपिल गराउथी।म उसको आँसु पुछिदिन्थे।

यसरी हामी झन् धेरै नजिक भएका थियौ।आजसम्मको दिनसम्म आइपुग्दा मैले उसलाई मन पराइसकेको थिए।उनीपनि मलाई मन पराउथी सायद।आइएस्सी क्लासको दुइबर्षमा हामी धेरै नाजिकिएका थियौ।।सायद मन पराइएका थियौ तर भन्न सकेका थिएनौ दुबैजनाले।

यसरी दिनहरू बित्न थाले।प्लसटुको।एक्जाम पनि सकियो।मैले सहरमै बसेर कम्प्युटर डिप्लोमा गर्ने योजना पहिले नै बनाइसकेको थिए।तर उसले मानिनन।गाउँ गएर रिजल्ट नाआउदा सम्म बुबालाई सघाउछु भनिन।बसपार्कमा बिदाइको अन्तिम क्षणसम्ममा पनि न मैले मनको कुरा भन्न सके न उसले नै।उनी गाउँमै बसिरहिन म भने उसको आगमनको प्रतीक्षामा दिनहरू बिताउदै थिए।

एक दिन अचानक मोबाइलको घन्टी बज्यो।मैले हरियो बटन थिचेर बोलेको थिए।
“हेल्लो,म सुदिप”
“हाई सुदिप,म अनिसा बोल्दैछु।” उसले धेरै दिनपछि कल गरेकी थिइन मलाई।
“तिमीले कत्ती सजिलै बिर्सियौ है मलाई?” मैल रिसाए जस्तो गरेर बोलेको थिए।
“सुदिप,म आज तान्स्मसेन आउदैछु।भेटेर तिमीलाई एउटा सरप्राइज दिनुछ”। यति भनेर उसले फोन काटिन।सायद तिमीलाई मन पराउछु भन्ने सोच्दी हुन।यस्तै यस्तै सोचेर बसे।मैले पनि त कहिल्यै मन पराउछु भनेर भन्न सकेको थिएन।त्यसैले सम्पूर्ण शक्ति लगाएर “आइ लभ यु अनिसा” भन्ने सोचमा थिए।

तर बिहानै घरबाट हिडेकि उनी साझसम्ममा पनि तानसेन आइपुगिनन।साझ रेडियोमा समाचार आयो “तानसेन सदरमुकामतर्फ आउँदै गरेको बस र विपरीत दिशातर्फ जाँदै गरेको ट्रक ठोक्किदा बसमा सवार छ जना यात्रुको ज्यान गएको छ र बाकी घाइते।मृत्यु हुनेमा अनिसा….”अनि यस्तै यस्तै

मैले यो भन्दा धेरै सुन्न सकिरहेको थिइन।कसैले मेरो टाउकोमा फलामको ठुलो घनले हानेजस्तै जस्तै भएको थियो मलाई।केही सोच्नै सकिरहेको थिएन केहिदिन।धेरैदिनसम्म शोकमा डुबिरहे।त्यसपछिका दिनहरूमा पढाइमा जागर पनि चलेन।यति ठुलो दुनियामा पनि म नितान्त एक्लो जस्तै भएको थिए।त्यसदिनदेखि जिन्दगी सोचे जस्तो गति लिन सकिरहेको थिएन।

धेरै दिनपछि आज अनौठो देखे।देखेमा उनै अनिसा आइन।तर त्यो बेला भन्दा भिन्नै भएर।उसको त्यो चन्चलेपन अलिकति पनि भेट्न सकिन।सिर्फ निराश देखिन्थी।उसले मलाई एउटा अनौठो बगैँचा डोर्‍याएर लागी।म अचम्मित भएर उसको पछिपछि लागे।जहाँ फुलेका फुलहरू र फुलहरुमा भमराहरु मात्र देखिन्थे।
“तिमी किन यति दुखी छ्यौ अनिसा?” मैले सोधे ।
“तिमीले कहिल्यै माया गर्छु भनिनौ नि त मलाई” उनी झन् मलिन भएर बोली।

“तिम्रो माया एकदमै लाग्छ मलाई,के माया गर्नेहरुले माया गर्छु भन्नू जरुरी नै छ र?” सायद भावुक हुने पालो मेरो थियो।
“तिम्रो माया गर्छु भन्ने शब्द सुन्नकै लागि मात्र त म आजसम्म जीवित छु नि” उसले रुदै भन्न थाली।
मैले पनि आफ्नो मन थाम्न सकिन।बगैचाको एउटा फुल टिपे अनि एउटा घुडा भुइमा टेकेर जोडले चिच्याए
“आइ लभ यु अनिसा,आइ लभ यु”।उनी यतिखेर खुसी भैइ अनि म पनि।
“अनि तिमि चाहिँ मलाई माया गर्छु नभन्ने?” मैले सोधे।
“आई लभ यु टु सुदिप सो मच।तिमीले भन्दा बढी माया गर्छु मैले अनि सधैँ गरिरहन्छु।तिमी मलाई माया गर्न त छोड्दैनौ नि।” उनी फेरि मलिन भएर
“अह!तिमीलाई मेरो विश्वास लाग्दैन र?” सपनामै सही ।म बोले।

उनी बोलिनन केवल हासिरहिन मात्र।बगैचा झन् सुन्दर देखिन थाल्यो।यतिनैबेला उनी मेरो हातबाट आफ्नो छुटाएर जान खोजेको आभास भयो।मैले उसलाई रोक्ने प्रयास गरे तर सकिन।हेर्दा हेर्दै उनी मेरो नजरबाट टाढा भइन।

“अनिसा..” म जोडले चिच्याए।मेरा अंखाहरु खुले पसिनैपसिना भएर।हत्तपत्त आफ्नो डायरीमा नजर फ्याके।उनीबारे लेखिएको पाना हेरे।फेरि एकचोटि आशुहरु उर्लेर आए।आज मलाई उसले छोडेर गएको ठ्याक्कै चारबर्ष भएछ।अनि भित्तातिर नजर डुलाए।म रोइरहेको थिए बदलामा मालासहितको उसको तस्बिर हासिरहेको थियो।