सत्य र तथ्यमा आधारित रहेर रिर्पोटिङ गर्दा मात्र निर्वाचन सफल हुने:चौंलागाँइ - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

सत्य र तथ्यमा आधारित रहेर रिर्पोटिङ गर्दा मात्र निर्वाचन सफल हुने:चौंलागाँइ



काठमाडौँ /कात्तिक २५ 

प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोबिन्दप्रसाद चौंलागाँइले सम्पूर्ण मिडियाहरुले सत्य र तथ्यमा आधारित रहेर रिर्पोटिङ गर्दा मात्र निर्वाचन सफल हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा आवद्ध पत्रकारहरुलाई प्रशिक्षण दिँदैं चौलागाँइले उक्त कुरा बताउनुभएको हो ।

उहाँले पछिल्लो समय प्रेस काउन्सिलले सबै प्रकारका मिडीयाहरुको सुक्ष्म अनुगमन गरेको जानकारी दिँदै आगामी निर्वाचन जस्तो राष्ट्रिय महाअभियान सफल पार्न सबै एकजुट भएर सत्य, तथ्य र निश्पक्ष ढंगले पत्रकारिता गर्नुपर्ने बताउनुभयो । क्षेत्रीय निर्वाचन कार्यालय र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको संयुक्त आयोजनामा राजधानीमा भएको ‘निर्वाचन र सञ्चार’ विषयक प्रशिक्षणमा स्रोत व्यक्तिका रुपमा प्रशिक्षण दिँदै चौलागाँइले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा प्रशिक्षक वक्ताका रुपमा शाखाका अध्यक्ष शन्तराम बिडारी, क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहाल लगायतले प्रश्तुती राख्नुभएको थियो । अध्यक्ष बिडारीले स्थानीय तह निर्वाचनमा गरिएको मिडीया अनुगमनले देखाएको विकृती आगामी निर्वाचनमा सुधार गर्नुपर्ने बताउँदै त्यसका उपायहरुका बारेमा चर्चा गर्नुभएको थियो । त्यस्तै क्षेत्रीय निर्वाचन अधिकारी दाहालले निर्वाचनका नीति र प्रक्रियाहरुका बारेमा चर्चा गर्नुभएको थियो ।

शाखाका सचिव मोहनप्रसाद पन्तले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व सभापति इश्वरी वाग्ले, शाखाका सल्लाहकार रामकृष्ण अधिकारी, निवर्तमान उपाध्यक्ष श्रृजन झा, पत्रपत्रिका अधिकार मञ्चका अध्यक्ष देबेन्द्र चुँडाल लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो । अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुर्य सुबेदीले राख्नुभएको थियो । प्रशिक्षणमा साप्ताहिक, मासिक, दैनिक, अनलाइन लगायत सबैप्रकारका मिडीयाका वरिष्ठदेखि कनिष्ठसम्म पत्रकारहरुको सहभागिता थियो ।