अब स्वस्तिमा र केकी अमेरिकन चलचित्रमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब स्वस्तिमा र केकी अमेरिकन चलचित्रमा



काठमाडौं- दुई नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्ने भएका छन् ।

केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो।

अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ।

चलचित्रमा स्वस्तिमा र केकी दिदी-बहिनीको भूमिकामा प्रस्तुत हुने बताइए पनि क्न विषयवस्तुमा चलचित्र निर्माण हुँदै भन्‍ने विषय भने खुलाइएको छैन।

अन्य कलाकार भने अमेरिकी रहनेछन्। कोरोना त्रासपछि उक्त चलचित्र अमेरिकामा छायाकंन हुनेछ।