गण्डकीमा पनि केन्द्रकै नियति: ओलीकै शैलीमा गुरुङले गरे मुख्यमन्त्रीमा दाबी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गण्डकीमा पनि केन्द्रकै नियति: ओलीकै शैलीमा गुरुङले गरे मुख्यमन्त्रीमा दाबी



पोखरा- गण्डकी प्रदेशमा पनि केन्द्रमा केपी शर्मा ओलीले गरेकै शैलीमा पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेशसभाबाट विश्वासको मत नपाएका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले फेरि बहुमत दावी गर्दै प्रदेश प्रमुख समक्ष गएका छन् ।

उनी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको पत्रसहित गएका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार जसपा केन्द्रीय सदस्य शंकर गौतम, तत्कालीन राजपा गण्डकी संयोजक अनिल परियारको पत्र र राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संसदीय दलको नेता भएकाले आफ्नो पार्टीको समर्थन गुरुङलाई रहेको भन्ने पत्रसाथ मुख्यमन्त्री गुरुङले पनि दावी गरेका हुन् ।

विपक्षी गठबन्धनले सशरीर ३१ सांसद (बहुमत) पुर्‍याएर शुक्रबार मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर, प्रदेश प्रमुखले दिएको समयसीमाको केही छिन अघिमात्रै गुरुङले पनि दावी गर्नु प्रदेशसभा बिघटनको बाटोमा लैजाने प्रयास भएको टिप्पणी गरिएको छ ।

केन्द्रमा विपक्षी गठबन्धनले बहुमत सांसदले हस्ताक्षर बुझाउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । बरु संसद्‍मा विश्वास सावित गर्न नसकेका प्रधानमन्त्री केपी ओलीले नै दलको पत्र बुझाएर बहुमत दावी गरेका थिए । यसकै आधारमा राष्ट्रपतिले दुवैको बहुमत नपुगेको भन्दै देउवालाई नियुक्त गर्न अस्वीकार गरेकी थिइन् ।