५ नम्वर प्रदेशको राजधानी रुपन्देही बाहेक अन्यत्र बन्न सक्दैन : खाण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

५ नम्वर प्रदेशको राजधानी रुपन्देही बाहेक अन्यत्र बन्न सक्दैन : खाण



बुटवल, १ असोज ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्री बालकृष्ण खाणले रुपन्देहीको फर्साटिकर बेतही पश्श्चिम पहुनी भलवाडी सडक खण्डको तिनाउ नदीमा बन्न लागेको पुलको आज निरीक्षण गरेका छन् ।

आफनै निर्वाचन क्षेत्रमा आफनै पहलमा २२ करोड ७६ लाख रुपैयाको लागतमा निर्माण हुन लागेको पुलको सडक डिभिजन कार्यालय बुटवलको प्राबिधिक टोली र काग्रेस नेताहरु सहित खाणले पुलको निरीक्षण गरेका हुन् ।

त्यसअवसरमा उनले  तिनाउ नदीमा पुल निर्माणले तिनाउ पश्चिमका जनतालाई बबुटवल भैरहवा र मणिग्रामसंग जोडिन सहज हुने र पश्चिम क्षेत्रको बिकासले गति लिने बताए । खाणले पुल निर्माणमा बजेटको कमी हुन नदिने तर त्यसको गुणस्तरीयता र कार्य सम्पादनको अनुगमन गर्न स्थानिय जनतालाई पनि आग्रह गरे।

उनले तिनाउ नदीका बिभिन्न स्थानमा बनीरहेका पुल सहित रुपन्देहीमा भइरहेको बिकासले ५ नम्वर प्रदेशको राजधानी रुपन्देही बनाउन सहज हुने बताए ।

काग्रेसका प्रभावशाली नेता खाणले ५ नम्वर प्रदेशको राजधानि रुपन्देही बाहेक अन्यत्र बन्न नसक्ने पनि बताए ।

सडक भिभिजन कार्यालय बुटवलका प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा डिभिजनका इञ्जिनीय महेश्वर लम्सालले पुल निर्माणको लागत र आसपासका सडक बिकास आयोजनाका सम्वन्धमा जानकारी गराए । कार्यक्रममा काग्रेस रुपनदेहीमा पुर्व सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य यम बहादुर खत्रीर र क्षेत्रीय सभापति प्रेम बहादुर फौज्दारले पनि बोलेका थिए ।