खगेन्द्र संग्रौलाको आरोप: प्रचण्ड-ओली सी जिनपिङका हनुमान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खगेन्द्र संग्रौलाको आरोप: प्रचण्ड-ओली सी जिनपिङका हनुमान



काठमाडौं । सीको विचारधारालाई लिएर नेकपामा सुरु बहसबारे अनेक क्रिया-प्रतिक्रिया सार्वजनिक भइरहेका बेला वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा माथिको बहस अनुचित भएको टिप्पणी गरेका छन् ।

संग्रौलाले टि्वट गर्दै अनावश्यक ‘भक्तिभजन’मा नेकपा उत्रिएको टिप्पणी गरेका हुन् ।
समाजवादका नाममा सीले चीनमा सञ्चालन गरेको शासन कुनै विचारधारा नभएर ‘निरंकुश अभ्यास’ भएको संग्रौलाको भनाइ छ । सीको शासनलाई विचारधारा मानेर बहस गरिनु हनुमानगिरी भएको संग्रौलाको टिप्पणी छ ।

‘सम्राटतुल्य ‘सी’ सरको चीनमा समाजवादका नाममा जनताका मुख थुनेर कठोर राज्य-पुँजीवादको अभ्यास गरिँदै छ’, संग्रौलाले टि्वटरमा लेखेका छन्, ‘यो निरंकुश अभ्यासलाई सी विचारधारा भन्दै सत्ताधारी नेकपा डबलका सरकारी बुद्धिजीवीहरूमाझ सी सरको भक्तिभजन सुरु भएछ । ठीकै हो, ख्वामित् रामविना हनुमान कसरी पो जिउन सकोस् र ?’