खेलाडीलाई सधै अभाव - न्यून भत्ताले टिक्नै गाह्रो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खेलाडीलाई सधै अभाव – न्यून भत्ताले टिक्नै गाह्रो



हिमाल पोष्ट / २३ चैत, काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ ।

१२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण स्थगित भएको राष्ट्रिय टिम तयारी राखेपको वार्षिक कर्याक्रमअनुसार फागुन २६ गतेदेखि सुरु भएको हो ।

तर, अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी अघि बढाइएको टिम तयारीमा सहभागी खेलाडी भने राखेपले उपलब्ध गराउँदै आएको न्यून भत्ताका कारण विभिन्नखाले मानसिक दबाब झेल्न बाध्य छन् ।
अपर्याप्त भत्ताका कारण उनीहको ध्यान अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीभन्दा पनि अपर्याप्त डाइट र बसोबासको समस्यामा बढी केन्द्रित भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।