सरकार र राजपा दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा - प्रवक्ता देवकोटा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सरकार र राजपा दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा – प्रवक्ता देवकोटा



भक्तपुर, ३० जेठ ।

 

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै देवकोटाले सरकार दोस्रो चरणको निर्वाचन सार्न लागी परेको र त्यसलाई थप मलजल गर्दै राजपा समेत लागी परेको भन्दै दुवैको उद्देश्य संबिधानको स्विकार्यता नबढाउने र कार्यान्वयन नगर्ने उद्देश्य अनुरुप निर्वाचन नगर्ने र जनता र राष्ट्रलाई पिडा थप्ने खेलमा लागेको बताएका हुन् ।

सत्ताका लागि लुछाचुँडी गर्ने भन्दा पनि पहाड छुट्याउन लागि परेकाहरुलाई सहयोग पुग्ने गरी दुई चरणमा निर्वाचन गरेको आरोप लगाउँदै सरकाले काम गरिरहेको आरोप लगाउँदै प्रवक्ता देवकोटालेप्रधानमन्त्री र सरकार निर्माणको प्रक्रियामा आउने राजपा स्थानिय तहको निर्वाचनमा नआउँदा आफैलाई घाटा पुग्ने भएकाले एजेण्डा बचाउँदै निर्वाचनमा गएर त्यसलाई पूर्णता दिनु पर्नेमा जोड दिएका छन् ।
उनले सरकार र प्रतिपक्ष राष्ट्रको हितमा गरिने निर्णयमा नमिल्ने तथा आफूहरुलाई अकुत आम्दानी हुने कुराहरु जस्तै राष्ट्र बैंकमा रहेको अरवौं कालो धन र एनसिएलको कर लाभमा मिल्ने कुरामा सहमती गर्ने खेलमा लागेकै कारण सरकारले संबिधान कार्यान्वयन भन्दा पनि सत्ता टिकाउने र आर्थिक लाभ लिने खेलमा लागेको आरोप लगाउँदै आर्थिक लाभको मामलामा एमाले समेत सहभागी हुने गरेको टिप्पणी समेत गरेका छन् ।

बहुदली लोकतन्त्रको अभ्यास भन्दा पनि केही दलहको अभ्यास भईरहेको भन्दै १७ सालमा महेन्द्रले दलमाथी प्रतिबन्ध लगाए जस्तै हाल प्रचण्ड सरकारले तीन दलिय सिन्डिकेट लागू गरेको भन्दै उनले यसै गरि अगाडी बढ्दै जाने हो भने लोकतन्त्र सकिने र एक दलिय सिन्डिकेट देखा पर्ने बताए ।

आफूले नजित्ने अवस्था आएपछि भरतपुरमा आफ्नै आधिकारीक नेतृत्वबाट माओवादी केन्द्रले मतपत्र च्यात्न लगाएको भन्दै सत्तामा रहेका पार्टीले शक्ति र अर्थको सक्दो प्रयोग गरेता पहिलो चरणको निर्वाचनमा उनीहरुको सोच जस्तो नतिजा नआएको पनि उनले स्मरण गराए ।

नयाँ शक्ति नेपाल एक वर्ष नुपग्दै ७० बर्ष पुरानो पार्टीहरुसँगको प्रतिस्पर्धामा उत्रिएको र चौंथो स्थान हासिल गर्न पुगेको भन्दै देवकोटाले चुनाव चिन्ह नपाउँदा र समाजबादी फोरमसँगको आफ्नो नीति मिलेकै कारण एकता हुने बताएका छन् ।

देवकोटाले हाल नेपाल सबैभन्दा कठिन मोडमा रहेको र बिदेशीहरुको क्रिडा स्थल बन्दै गएकाले एकथरि दक्षिण र अर्कोथरी उत्तरतर्फको पछि लाग्ने खेललाई बन्द गरी नेपालको सार्वभौमिकताको ख्याल गरि अगाडी बढ्न सत्ताधारी दलहरुलाई आग्रह गरेका छन् ।