भोलिबाट भेरोसेल खोप लगाउन ३२ वटा खोप केन्द्र तोकियो (केन्द्र सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भोलिबाट भेरोसेल खोप लगाउन ३२ वटा खोप केन्द्र तोकियो (केन्द्र सहित)



काठमाडौ- काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज दिने भएको छ। त्यसका लागि वडाअनुसार ३२ वटा केन्द्रहरू महानगरले तोकेको छ।

यसअघि पहिलो डोज छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ २५ गते (मंगलबार) देखि खोप दिन सुरु गरिने भएको हो। यस्तै खोप कार्यक्रममा भिड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको महानगरपालिकाले जनाएको छ।

सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ।

उक्त सुचनामा विभागले यसअघि कोभिडको संक्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो डोजका लागि मात्र खोप केन्द्रमा जान आग्रहसमेत गरेको छ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्ने व्यवस्था गरिएको छ।

वडाअनुसार खोप केन्द्र

१. नन्दी रात्री स्कुल, नक्साल

२. वडा कार्यालय, लाजिम्पाट

३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

४. वडा कार्यालय, वालुवाटार

५. वडा कार्यालय, हाँडीगाउँ

६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

७. वडा कार्यालय, मित्रपार्क, चावहिल

८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली

१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

१२. बुद्ध माई अस्पताल, टेकु

१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी

१५. भुइँखेल चौर, स्वयम्भू

१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

१७. पब्लिक युथ क्याम्पस, धोवी चौर

१८. पुष्पलाल पार्क, विष्णुमती किनार

१९. वडा १९ कार्यालय परिसर,

२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

२२. वडा कार्यालय, टेवहाल

२३. नव आदर्श विद्यालय, बसन्तपुर

२४. इतुमबहाल, तारणीबहाल

२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

२६. वडा कार्यालय परिसर, लैनचौर

२७. महावौद्ध चोक

२८. कार्यालय परिसर, सिटी मार्केट

२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

३१. इ.पि.एस. स्कूल, मीनभवन

३२. वडा कार्यालय परिसर, पाल्पाकोट