कोहलीले गरे भारतको बेइज्जत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोहलीले गरे भारतको बेइज्जत



एजेन्सी- अस्ट्रेलियाली टोली भारत भ्रमणमा आउँदा भारत दुविधामा थियो । भारतका ओपनिङ ब्याट्स्म्यान रोहित शर्मा, केएल राहुल र शिखर धवन लयमा हुँदा टीम छनोटमा समस्या परेको थियो । तर ब्याटिङ कोच विक्रम राठौरले त्यो राम्रो दुविधा भएको बताएका थिए ।

मुम्बईमा अस्ट्रेलियाको बलियो टीमविरुद्ध हुन् तीन वानडे म्याचको सिरिजअघि पारी शुरू गर्न केएल राहुल र शिखर धवनमध्ये एकलाई छान्नुपर्ने थियो । कप्तान विराट कोहलीले यसलाई समाधान गर्ने भन्दै ठूलो बयान दिए ।

उनले पत्रकारहरूसँग कुरा गर्दै शिखर, राहुल र रोहित तीनैजना एकसाथ खेल्न सक्ने बताए । कोहलीले धवन र राहुल दुवैलाई ठाउँ दिन आफू ब्याटिङ अर्डरमा तल आउन सक्ने संकेत दिए ।

हिजोको म्याचमा रोहित र शिखरले ओपनिङ गरे । तेस्रो नम्बरमा राहुल आए । रोहित विफल भएपछि धवन र राहुलले दोस्रो विकेटका लागि १२१ रन त जोडे तर कोहली चौथो नम्बरमा आए अनि राम्रो खेल्न सकेनन् । अर्थात् अर्कालाई मौका दिने चक्करमा उनले आफ्नै खेल बिगारे ।

चौथो नम्बरमा कोहलीको प्रदर्शन राम्रो छैन । तेस्रो नम्बरमा उनको प्रदर्शन लोभलाग्दो छ । उनले वानडेमा ४३ मध्ये ३६ शतक तेस्रो नम्बरमा रहेर नै प्रहार गरेका हुन् ।

अब अस्ट्रेलियाविरुद्ध राजकोटमा दोस्रो वानडेअघि कोहलीले आफ्नो रणनीतिमा पुनर्विचार गर्नुपर्ने हुन्छ ।

हिजोको म्याचमा भारतीय ब्याट्स्म्यान चलेनन् र बलरहरूले पनि प्रभाव पार्न सकेनन् । अस्ट्रेलियाले उक्त खेल १० विकेटले जित्यो ।