बिराट कोहलीलाई बैंगलोरको कप्तानबाट हटाउन माग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिराट कोहलीलाई बैंगलोरको कप्तानबाट हटाउन माग



काठमाडौं– रोयल च्यालेन्जर्स बैंगलोरले अब कप्तानमा बिराट कोहलीको विकल्प खोज्नुपर्ने आवाज चर्किएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा दुई पटकका बिजेता कप्तान गौतम गम्भीरले समेत कोहलीको विकल्प खोज्नुपर्ने बताएका छन्

शुक्रबार राति सम्पन्न इलिमिनेटर राउन्डको खेलमा सनराइजर्स हैदारबादसँग ६ विकेटले पराजय भएपछि गौतमले ईएसपीएन क्रिकइन्फोसँग कुरा गर्दै विराट बैंगलोरका कप्तान हुन योग्य नरहेको बताएका हुन्।

बैंगलोरले जारी सिजनमा १५ खेलबाट ७ जित र ८ पराजय भोगेको छ। सानदार सुरुवात गरेको बैंगलोर पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आईपीएलबाट बाहिरियो।

त्यसो त विराट कोहलीले कप्तानी सम्हालेदेखि जारी सिजनसम्म बैंगालेरको यात्रा उत्साहपूर्ण छैन।

२०१६ को फाइनलमा पराजित भएपछिका दुई सिजन २०१७ र १०१९ मा बौंगलोर पुछारको दुई स्थानमा थियो भने २०१८ मा छैटौं स्थानमा थियो।

यो सिजनमा पनि नेट रन रेटमा बच्दै बैंगलोर प्लेअफमा पुगेको हो। तर प्लेफमा कमजोर ब्याटिङ गरेको हैदराबादविरुद्ध १३१ को लक्ष्य पनि रक्षा गर्न सकेन।

२०१३ मा कोहली कप्तान भएपछि बैंगलोर ८ सिजनमा तीन पटक मात्र प्लेअफमा पुगेको छ। ‘यस्तो अवस्थामा कोहलीले दुवै हात उठाउनुपर्छ र हारको जिम्मा लिनुपर्छ,’ गौतमले भने।

‘आठ वर्ष भनेको धेरै लामो समय हो। सायद आठ वर्ष सम्म आईपीएल नजित्ने कप्तान मात्र होइन खेलाडी पनि अरु क्लबमा छैनन होला,’ उनले भने।

उनले रविचन्द्र अश्विनले राम्रो प्रदर्शन गर्न नसकेपनि उनी किंग्स इलेवेन पञ्जाबको कप्तानबाट दुई वर्षमै बाहिरिएको उदाहरण दिएका छन्।

‘हामी महेन्दै्र सिंह धोनी वा रोहित शर्माको बारेमा कुरा गरौँ, धोनीले चेन्नईलाई तीन उपाधि दिलाएका छन भने रोहितले चार उपाधि दिलाए। यसकारण उनीहरु कप्तानमा टिकिरहन सफल भए,’ गम्भरले भने।

रोहित शर्माको टिम मुम्बईले २०१३, २०१५, २०१७ र २०१९ को उपाधि जितेको छ। त्यस्तै धोनीले टिम चेन्नईलाई आठ पटक फाइनल पुर्याएका छन्।

यदि रोहितले पनि राम्रो गर्न नसकेको भए उनी कप्तानबाट बाहिरिसक्ने गम्भीरको मत छ।

जारी सिजनमा पनि सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि कोलकाता नाइट राइडर्सका कप्तान दिनेश कार्तिकले राजीनामा दिएका थिए। कार्तिपछि कोलकातालाई इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले सम्हालेका थिए।

अन्तिम खेलमा सानदार जित निकालेको कोलकाता नेट रन रेटमा बैंगलोरभन्दा पछि पर्दै बाहिरिएको थियो।

गम्भीरले कोहलीको अन्डरमा बैंगलोर आईपीएल प्लेअफमा छनोट हुनै नसक्ने टिम भएको ओरापसमेत लगाएका छन्। उनले अन्तिमका पाँच खेल विचार गरेर भाग्यले साथ दिएका कारण मात्र बैंगलोर प्लेअफमा पुगेको बताए।