केपी ओलीकी विश्वासपात्र कोमल वली पनि भारी मतले पराजित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

केपी ओलीकी विश्वासपात्र कोमल वली पनि भारी मतले पराजित



दाङ ३ बाट नेकपा एमालेकी नेतृ कोमल वली भारी मतले पराजित भएकी छन् । वलीलाई पराजित गर्दै कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् ।

गिरी ३५५७९ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीकी प्रियपात्र कोमल वलीले जम्मा २८२६६ मत ल्याइन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १४५७४ मत ल्याए । उनी तेस्रो बनेका छन् ।

दाङमा एमालेका लागि यो निर्वाचन निकै निराशाजनक बनेको छ । एमालेका महासचिव शंकर पोखरेल पराजित भैसकेका छन् भने । एमाले नेतृ शान्ता चौधरी पनि पराजय नजिक छन् ।