गायिका कोमल अोलीलाई चाहिएन पोई ,पशुपति शर्मालाई सल्लाकार राख्ने निर्णय (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायिका कोमल अोलीलाई चाहिएन पोई ,पशुपति शर्मालाई सल्लाकार राख्ने निर्णय (भिडियो सहित)



 समीर प्रकाश पाण्डे

लोक तथा दोहोरी गायिका कोमल वलीले आफूलाई अब पोइ नचाहिने बताएकी छिन् । २०७४ सालको हरितालिका तीजलाई लक्षित गर्दै ‘ओइ शिव ओइ मलाई चाहिएन पोई’ बोलको गीत सार्वजनिक भएको हो । कोमल ओलीलाई चर्चित गायक पशुपती शर्माले साथ दिएका छन् । गीतमा शर्माको शब्द लय तथा स्वर रहेको छ ।

‘पोइल जान पाम् शिव’ बोलको तीज गीतले चर्चा पाएपछि कोमलले हरेक तीजमा त्यस्तै प्रकृतिका गीत गाउँदै आएकी छिन् । उनले गत वर्षको तीजमा ‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटी हो’ भन्ने गीत गाएकी थिइन् । सोही गीतमा गायक पशुपति शर्माले ‘दिदी कुरा बुझ्या खोइ, राजनीति गर बरु किन चाहियो पोई’ भनेर पुरुषको स्वर दिएका थिए । गायिका ओली राप्रपाको केन्द्रिय सदस्य पनि हुन् । यसपालीकोे गीतमा पनि पशुपति शर्माकै स्वर रहने उनले जानकारी दिइन् ।

उक्त गीतमा गायिका ओलीले ‘पोहोर तीजमा लास्टै चोटी भनि गीत गाएँ । सब जनाको माया पाएँ, राजनीतिमा लाएँ’ भनेकी छन् भने त्यसैको प्रतिउत्तरमा पशुपति शर्माले ‘भष्ट्राचार गरेर अरुले झैं नगरे है पाप, गयौ भने जनताले पार्नेछन् पत्तासाफ’ भनेका छन् । सो गीतमा पशुपती र कोमल अोलीकै अभिनय देख्न सकिन्छ ।