अस्ट्रेलियामा पनि भटाभट भेटिन थाले कोरोना सङ्क्रमित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अस्ट्रेलियामा पनि भटाभट भेटिन थाले कोरोना सङ्क्रमित



सिड्नी- अष्ट्रेलियाको क्विन्सल्याण्डमा अर्को व्यक्तिमा पनि नोभेल कोरोना भाइरस संक्रमण भेटिएको छ ।

गोल्ड कोस्टमा चिनियाँ पयर्टक समूहका अर्को एक सदस्यमा पनि भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो पटक भेटिएको संक्रमित ३७ वर्षीय पुरुष रहेका छन् । उनलाई गोल्ड कोस्ट युर्निभसिर्टी हस्पिटलमा राखिएको छ ।

मंगलबार पनि एक ८ वर्षीय बालकमा भाइरसको संक्रमण देखिएको हो । उक्त बालकलाई पनि सोही अस्पतालमा राखिएको छ ।

क्विन्सल्याण्डका मुख्य स्वास्थ्य अधिकारी जेनिट्टी योङ्गले उनीहरुको अवस्था स्थिर रहेको बताएका छन् । क्विन्सल्याण्डमा भेटिएका चार जना संक्रमित चाइजिन टुर ग्रुपका रहेका छन् ।

यससँगै अष्ट्रेलयामा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । क्विन्सल्याण्डमा चार, भिक्टोरियामा चार, न्यु साउथ वेल्समा चार तथा साउथ अष्ट्रेलियामा दुई जनामा उक्त भाइरसको संक्रमण देखिएको हो ।