दुई भारतीय क्रुज चालकमा कोरोना भेटियो, १७४ भारतीय जोखिममा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दुई भारतीय क्रुज चालकमा कोरोना भेटियो, १७४ भारतीय जोखिममा



एजेन्सी- जापानको डाइमन्ड प्रिन्सेस क्रुजका चालक दलका दुई भारतीयमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ ।

जापानको योकोहामा बन्दरगाहमा क्‍वारेन्टाइन गरिएको क्रुजका चालक दलका सदस्यमध्ये दुई भारतीयमा कोरोना संक्रमण भएको भारतीय विदेशमन्त्री एस. जयशंकरले जानकारी गराएका छन् ।

फेब्रुअरी ४ देखि ११ सय चालक दलका सदस्य र २६ सय यात्रु सवार क्रुज फेब्रुअरी १९ सम्मका लागि योकोहामा बन्दरगाहमा क्‍वारेन्टाइन गरिएको छ ।

उक्त क्रुजमा सवार १७४ भारतीय रहेको जनाइएको छ ।

फेब्रुअरी १ मा क्रुजमा सवार ८० वर्षीय हङकङका व्यक्तिमा कोरोनाको लक्षण देखिएपछि उनको जाँच गरिएको थियो । जाँचका क्रममा कोरोना भएको पुष्टि भएलगत्तै उनको उपचार थालिएको हो ।

जाँच गरिएका ७१३ जनामध्ये बिहीबारसम्म २१८ जनामा कोरोना भएको पुष्टि गरिएको छ ।

कोरोना संक्रमण देखिएका सबैलाई उपचारका लागि लगिएको छ भने अन्यलाई सोही क्रुजमा क्‍वारेन्टाइन गरिएको छ ।

जापानस्थित भारतीय दूतावासले सबै भारतीय यात्रुसँग सम्पर्कमा रहेको जनाएको छ ।