पूर्ण स्वस्थ भएर घर फर्किए कोरोना संक्रमण भएका ४ हजार बिरामी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूर्ण स्वस्थ भएर घर फर्किए कोरोना संक्रमण भएका ४ हजार बिरामी



काठमाडौं- कोरोना भाइसरले पछिल्लो समय निकै ठुलो महामारी खडा गरेको छ । संक्रमणका कारण मृत्यु हुने क्रमले भयावह रूप लिइरहेको अवस्थामा कतिपय समाचार भने सुखद आइरहेका छन् ।

कोरोना भाइरस संक्रमितमध्ये ठूलै संख्यामा उपचारपछि पूर्ण रूपमा स्वस्थ पनि भइरहेका छन्।

कोरोना संक्रमण भएका ३ हजार ९ सय ९६ जना उपचारपछि पूर्ण रूपमा निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको चीनले दाबी गरेको हो।

यस्तै नयाँ मानिसमा यसको संक्रमण हुने दर पनि २० प्रतिशतले घटेको बताइएको छ।

चीनको हुबेई प्रान्तस्थित स्वास्थ्य आयोगका अनुसार आइतबार २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण भएकामा सोमबार अनुपात घटेर सोमबार २ हजार ९७ जनामा मात्र कोरोना संक्रमण देखिएको हो।

सन् २००२–०३ मा सार्स भाइरसको महामारीपछि चीनले अहिले कोरोना भाइरसका कारण स्वास्थ्य संकट सामना गरिरहेको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या हजार नाघेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मंगलबार बिहानसम्म १ हजार १८ जनाको मृत्यु भएको हो।

नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो।

योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा एकरएक जनाको मृत्यु भएको छ ।

संक्रमित : कहाँ कति?

चीन – १०१६ मृत्यु, ४२, ६३८ संक्रमित, हङकङ – १ मृत्यु, ४२ संक्रमित, फिलिपिन्स – १ मृत्यु, ३ संक्रमित

संक्रमित मात्रै
जापान – १६१, सिंगापुर – ४५, थाइल्याण्ड – ३२, दक्षिण कोरिया – २८, ताइवान – १८, अस्ट्रेलिया – १५, मलेसिया – १८, जर्मनी – १४, भियतनाम – १४, अमेरिका – १३, मकाओ – १०, क्यानडा – ७, फ्रान्स – ११, यूएई – ८, इटाली – ३, भारत – ३, बेलायत – ८, रुस – २, श्रीलंका – १, कम्बोडिया – १, फिनल्याण्ड – १, नेपाल – १, स्विडेन – १, स्पेन – १, बेल्जियम – १