कपिलवस्तुमा ३९ नयाँ संक्रमित थपिए: यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कपिलवस्तुमा ३९ नयाँ संक्रमित थपिए: यस्तो छ पछिल्लो अवस्था



कपिलवस्तु- कपिलवस्तु जिल्लामा सोमबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएको संख्यासँग संक्रमितको संख्या ३ सय नाघेको छ ।

शिवराज नगरपालिकामा २५ जना थपिएका छन् । योसँगै सोमबार शिवराज नगरपालिकामा संक्रमितको संख्या ३२ पुगेको छ ।

त्यस्तै बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित थपिएका छन् । बुद्धभूमि नगरपालिकामा संक्रमितको संख्या ४९ पुगेको छ ।

त्यसैगरी वाणगंगा नगरपालिकामा पनि दुई जना महिलामा संक्रमण देखिको छ । वडा नम्बर ११ का ३१ र ३८ वर्षीया महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

वाणगंगामा संक्रमितको संख्या १४ पुगेको छ । कपिलवस्तुमा अहिलेसम्म २३ जना निको भएका छन् ।