बालेन शाह दोब्बर मतले अगाडी, केशव स्थापित तेस्रो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बालेन शाह दोब्बर मतले अगाडी, केशव स्थापित तेस्रो



काठमाडौं महानगरपालिकाको मतगणना अगाडि बढेको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् । बालेनले सुखद सुरुवात गरेपछि समर्थक हौसिएका छन् ।

वडा नम्बर ३२ मा बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ । वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् ।

१ र ३२ मा गनिएको मत मध्य बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् भने केशव स्थापित भने तेस्रोमा परेका छन् ।