यस्ता छन् काठमाडौँ महानगरको नीति तथा कार्यक्रमका मुख्य २० बुँदा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

यस्ता छन् काठमाडौँ महानगरको नीति तथा कार्यक्रमका मुख्य २० बुँदा



• सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

• सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ । यस अन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निशुल्क सेनेटरी प्याडको सुबिधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गरिनेछ ।

• वडास्तरीय सामुदायिक सिकाई केन्द्र (Community Learning Center) मार्फत अनौपचारिक शिक्षा र सिप बिकास प्रबर्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिइनेछ ।

• महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ । बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

• महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा नि:शुल्क बेडको प्रबन्ध मिलाइनेछ, एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइनेछ ।

• एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल (Digital Profile) तयार गरी एकीकृत विवरण सङ्कलन गरिनेछ , बिग्रेका ढल, बाटो थप क्षती हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति सहितको हाल संचालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइनेछ ।

• फुटपाथको स्तरोन्नति, सस्टपहरुमा यात्रीहरुको विश्रामका लागि परम्परागत शैलीको फल्चा, सार्बजनिक शैचालायहरुलाई स्तरोन्नति गरी अपाङ्गता तथा लैङ्गिकमैत्री बनाइने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता

• महानगरक्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्पी थियटर निर्माण गरिनेछ ।

• प्राचिन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक बर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे संचालनको ब्यबस्था मिलाइनेछ ।

• नेवा: समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तराष्ट्रिय Branding गर्न पहल गरिने, बिभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रबर्धन गरिने

• फोहरलाई पुन: प्रयोग र प्रशोधन गर्न श्रोतमा नै बर्गिकरण गर्ने ब्यबस्था मिलाईने, फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुन: प्रयोग तथा सो बाट उर्जा उत्पादनका लागि काठमाडौँ महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा Waste to Energy Plant जडान गर्ने

• सार्वजनिक जग्गाहरुको अतिक्रमण हटाई पार्क निर्माण गरिनेछ । हरेक महिनाको पहिलो आइतबार जनतासंग मेयर कार्यक्रम , महानगर ई लाइब्रेरी स्थापना गरी संचालनमा ल्याइने छ ।

• महानगरपालिकाद्वारा प्रबाह गर्ने सेवालाई क्रमश: होम डेलीभरी सरकारको अबधारणा अनुरुप बिस्तार गर्दै लगिने

• राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद क्लबहरुसंगको सहकार्यमा लिग प्रतियोगिताहरु आयोजाना गरिने, ई स्पोर्ट प्रबर्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिने

• महानगरपालिका क्षेत्रभित्रका डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, मार्टहरुमा स्थानीय उत्पादन र अर्गानिक खाद्य बस्तु बिक्रि वितरणका लागि निश्चित स्थान उपलब्ध गराउन आवश्यक समन्वय गरिने

• ७० बर्ष नाघेका बरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था मिलाइनेछ ।

• पाङ्गमैत्री एटिएम मेशिन समेत संचालन गर्न आबश्यक समन्वय गरिने

• आफ्नै मार्ट ( केएमसी मार्ट ) निर्माण गरी संचालनमा ल्याउन आबश्यक ब्यबस्था मिलाइने

• सार्बजनिक यातायातलाई प्रभाबकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यका भित्रका सबै सार्बजनिक यातायातलाई एउटै छातामुनी संचालन हुने गरी ब्यबस्थापन गर्न आवश्यक पहल गरिने

• फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आबश्यक प्रबन्ध मिलाउने