कर्मचारी नआए आफैं मिटर रिड गरेर बिल तिर्नुस : कुलमान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कर्मचारी नआए आफैं मिटर रिड गरेर बिल तिर्नुस : कुलमान



हिमाल पोष्ट / १३ माघ, काठमाडौं । मिटर विगारेर विद्युत चोरी गरेको आरोपमा बहालवाला कर्मचारी नै पक्राउ परेपछि विद्युत प्राधिकरणले २४ सय कर्मचारीको सरुवा गर्‍यो ।

एकै चोटी सयौं कर्मचारीको सरुवा भएपछि दैनिक मिटर रिडिङ प्रभावित भएको छ ।

 

यो समस्या समाधानका लागि विद्युत प्राधिकारणका प्रमुख कुलमान घिसिङले जनतासँग सहयोग मागेका छन् । उनले यदि मिटर रिडर नआए आफैं मिटरमा उठेको अंक टिपेर महसुल तिर्न आउन आग्रह गरेका छन् ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सरुवा भएकाहरुको रमाना लिने र सम्वन्धित ठाउँमा पुग्न केही समय लाग्न सक्छ । यसले विद्युतको महसुल बुझाउने समय घर्किने र आम उपभोक्ताले जरिवाना तिर्नु पर्ने हुनसक्छ ।

आफ्नो कर्मचारी व्यवस्थापनकै कारण आम उपभोक्ता मर्कामा नपरुन भनेर आफैं मिटरमा उठेको अंक टिपेर महसुल बुझाउन आउन आउन प्राधिकरणले अपील गरेको छ ।