के छ कुलमानको विज्ञप्तिमा ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

के छ कुलमानको विज्ञप्तिमा ?



काठमाडौं

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक विज्ञप्ति जारी गर्दै उर्जामन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको बताएका छन् । मंगलवार एक विज्ञप्ति जारी गर्दै अख्तियार लगाएर हटाउन खोजेको भन्ने आरोपमा सत्यता नरहेको बताएका हुन् ।

घिसिङ र उर्जामन्त्रीलगायत मन्त्रालयका पदाधिकारीबीचको सम्बन्ध चिसिएको खबर सार्वजनिक भएपछि उनले विज्ञप्ति जारी गरेका हुन् । अहिलेको ऊर्जा संकट समाधान गर्न मन्त्री र आफू सँगसँगै रहेको घिसिङले बताएका छन् ।

बिज्ञप्तीमा भनिएको छ ‘ऊर्जा मन्त्री, उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेका छ ।’

उर्जा मन्त्री शाहीको नेतृत्वमा समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम भइरहेको समेत जानकारी दिएका छन् ।