कुनै पनि हालतमा राजा आउदैन : मन्त्री खांण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कुनै पनि हालतमा राजा आउदैन : मन्त्री खांण



तिलक सुबेदी / बुटवल मङ्सिर ।बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आजबाट बुटवलमा शुरु भएको १७ औं संस्करणको औद्योगिक ब्यापार मेला आज देखि शुरु भएको छ ।

कार्यक्रमको उद््घाटन गर्दै रक्षा मन्त्री बालकृष्ण खांणले  देशमा राजतन्त्र कुनै पनि हालतमा नफर्कने  बताए ।

15724072_1135136683266779_827427387_n

‘कुनैपनि मुल्य र मान्यतामा नेपालमा राजतन्त्र फर्कन संभब छैन,यो कल्पनै नगर्नुस् ।’ खांणले भने । हामी तेसै राजनीति गरेका छैनौ जनताको इच्छा विपरी कुनै काम  नभएको  खांणले बताए ।

उनले प्रदेश नम्बरपांचमा भैरहेको आन्दोलन सकारात्मक भएपनि बन्दका कारण अर्थतन्त्र तहसनहस भैरहेको भन्दै त्यसतर्फ पनि सोंच्न आग्रह गरे ।

उनले जनताका लागि सरकार,संसद छोड्न तयार रहेको तर कांग्रेस भने छोड्न नसक्ने बताए ।उनले रुपन्देहीको शान्ति सुरक्षामा गम्भिर बन्न प्रहरी प्रशासनलाइ आग्रह गरे ।आजबाट शुरु भएको मेला २३ गतेसम्म चल्नेछ । मेलामा ५ सय ५० स्टल सहभागि छन् । मेलामा १५ करोडको कारोबार हुने लक्ष्य रहेको महासचिब हरि अर्यालले बताए ।