कु-शासन होइन नेपालीलाई सु-शासन चाहिएको छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कु-शासन होइन नेपालीलाई सु-शासन चाहिएको छ



योगेन्द्र गौतम

राष्ट्रियता लोकतंत्र र समाजवाद लाई बि पी वादको दर्शन सँग जोडेर राजनीतिक दलहरू ले राष्ट्र मा सङ्कटको समाधान गर्न सक्षम हुने हो भने मुलुक निकास पाउने मा दुइमत रहदैन ।

२०३३ साल मा जन नायक बि पी कोइराला ले लिनु भयको मेलमिलाप को नीति लाई वर्तमान मा राजनीतिक दलहरू ले स्मरण गर्ने पर्दछ ।

लोकतंत्र जनताको आस्थाको केन्द्रबिन्दु हो । जनताको मौलिकता सार्वभौमिकता र स्वतंत्रता लोकतान्त्रिक व्यवस्था मा मात्र संरक्षण हुन सक्छ ‘ बि पी ले पनि आफ्नो आत्मबृतान्त मा यही दर्साउनु भयको छ ।

संसद् लोकतंत्र को सिर हो भने संसद् मा जनता बाट निर्वाचित भयर आएका जनता प्रतिनिधि ले जनता लाई मान्य हुने गरी देशको कानुन बनाउन पर्दछ भन्ने लोकतंत्र को मान्यता पनि हो ।

परिवर्तन का निमित्त ठुला ठुला क्रांति भय र परिवर्तन पनि हुँदै गयो राणा पंचायत र राजतंत्र को पनि अन्त्य त भयो तर जनताले सङ्कटका समाधान हरू को अनुभूति गरे या गरेनन यो निकै महत्त्वपूर्ण विषय हो ।

राजनीतिक खिचातानी बादबिबाद आपसी दन्द र दलिय गुटबन्दीका कारण विदेशी शक्ति हाबी भयो छिमेकी मुलुक हरू नेपाल मा सलबलाउन थाले र राजनीतिक शक्ति मा विदेशी शक्ति को भूमिका बढ्दै गयो यही नै नेपाल र नेपाली का लागि दुर्भाग्य मान्नुपर्छ ।

विश्वका अनगिन्ती देश हरू लोकतान्त्रिक आधारशिला मा समाज बादी नीति स्थापित गरेर आफ्नो नागरिक लाई आवश्यक सुबिदा प्रदान गरिरहेका छन् युरोपीय मुलुक हरुमा स्वास्थ्य शिक्षा र रोजगार जस्तै त्याहाका जनताको सरोकार का विषय हरू लाई बढी महत्त्व दिएको पाइन्छ ।

हाम्रा छिमेकी राष्ट्र भारत र चिन को कुरा गरौँ त्याहा पनि जनता सँग सम्बन्धित सरोकार का विषय हरू लाई बढी महत्त्व दिइन्छ । राष्ट्रिय सुरक्षा मा सम्पूर्ण राजनीतिक दल बिच आपसी एकता कायम भयको भारतमा पाइन्छ भने चिन पनि आफ्नो सुरक्षा नीति मा अत्यंत महत्त्वपूर्ण भूमिका निभाई रहेको हुन्छ ।

दुबई देशको बिचमा रहेको नेपालको नीति राष्ट्रियता को सुरक्षा मा निकै कमजोर भयको पाइन्छ यसको मुख्य कारण के हो त छिमेकी मुलुक हरुको दबाब या राजनीतिक दल मा निर्देशन अथवा पश्चिमी मुलुक हरुको डलर को प्रभाव ।

देश अहिले गणतंत्रमय छ याहानिर राजनीतिक दललाई प्रश्न उठाउनु निकै महत्त्वपूर्ण ठान्दछु म । हिज संविधान सभाको चुनाव मा राजतन्त्र हटाउने र निर्वाचित जनप्रतिनिधि बाट गणतन्त्र को स्थापना गर्ने कुनै पनि राजनीतिक दल हरुको घोषणा पत्र मा थिएन , जनता सामु गणतन्त्र का निमित्त राजनीतिक दल ले जनता मा मत मागेको पनि थिएनन भने के को आधार मा राजतन्त्र हटाइयो र गणतन्त्र ल्याइयो ।

नेपाल विश्वको तुलनामा हिन्दु हरुको सबै भन्दा बढी बसाई भयको देश हो । याहा 90% हिन्दु धर्मावलंबी हरुको आफ्नै रितीरिवाज परम्परा संस्कृति पहिचान र संस्कार छ तर राजनीतिक दल हरू पश्चिमीली डलर मा बिकेर आफ्नै जिजु बाजे बाट चलिआएको सनातन धर्मको हत्या गरेर हिन्दु राष्ट्र बाट धर्मनिरपेक्ष राष्ट्र बनाउन पनि पछि परेनन राजनीतिक दल को यस्तो व्यवहार ले के देखाउछ भने यिनीहरू मा नेपाली जनता र राष्ट्र प्रति कुनै नैतिक जिम्मेदारी छैन ।

सङ्घीयता के हो , सङ्घीयता ले राष्ट्र मा कस्तो नीति अभिलम्ब गर्दछ राष्ट्र को पुनरसंरचना कसरी गर्ने कार्यकारिणी अधिकार सहितको स्वयत्तता सहित को सङ्घीय प्रदेशहरुको समान प्रतिनिधित्वद्वारा तथा सामानुपातिक निर्वाचन प्रणाली लाई तल्लो तहदेखि सबल र सक्षम कसरी बनाउने विषय हरू निकै महत्त्वपूर्ण हुन तर छिमेकी पर्भुत्वबाद फस्दै गए ।

अहिले पाच नम्बर प्रदेश टटुक्राउन पाइदैन भनेर जनताको जन आन्दोलन चलिरहेको छ यो आन्दोलन पाच नम्बर प्रदेश को मात्र होइन नेपाल को हरेक गाउँ र बस्ती बाट चाहे मदेश हो या पहाड़का जनता हरू अब जाग्नै पर्दछ । आफ्नो स्वाभिमान र स्वतंत्रता का निमित्त हरेक नेपाली एक हुनुपर्छ भन्ने जन नायक बि पी कोइराला को सपना पनि हो ।