क्विक्स कप छात्रा फुटबल : काठमाडौंलाई हराउँदै कैलाली विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

क्विक्स कप छात्रा फुटबल : काठमाडौंलाई हराउँदै कैलाली विजयी



काठमाडौं । क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा काठमाडौंलाई पराजित गर्दै कैलाली विजयी भएको छ ।

एकता जेम्स सेकेन्डरी स्कुल काठमाडौलाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै महादेव माध्यमिक विद्यालय कैलाली विजयी भएको हो ।

खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गरि कुल ४ गोल भएको थियो । खेलमा महादेव मावीबाट क्रमशः हेमा रावत , सपना स्नेही , पुष्पा कुमारी बिष्ट र प्रतीक्षा चौधरीले समान एक / एक गोल गरेका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको प्रतियोगितामा बिहिवार महादेव माध्यमिक विद्यालय कैलाली र बार्चुली मावी नवलपुर बिच प्रतिस्पर्धा हुने मसुरिया फुटबल एकेडेमीका प्रशिक्षक मिलन ओलिले हिमाल पोटलाई जानकारी दिए । प्रदेशबाट छनोट भइआएका विद्यालयले अन्तिम चरणमा राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् ।