क्विक्स कप छात्रा फुटबल : नवलपुरलाई हराउँदै कैलाली सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

क्विक्स कप छात्रा फुटबल : नवलपुरलाई हराउँदै कैलाली सेमिफाइनलमा प्रवेश



काठमाडौं । क्विक्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा पारासुली मावी नवलपुरलाई हराउँदै कैलाली सेमिफाइनलमा प्रवेश गरेको छ ।

पारासुली मावी नवलपुरलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै महादेव माध्यमिक विद्यालय कैलाली विजयीसंगै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा महादेव मावीबाट मन्जु खड्का र सपना स्नेहीले समान एक / एक गोल गर्दै विजयी गराएका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको प्रतियोगितामा शुक्रबार फाइनलमा पुग्नको लागी महादेव माध्यमिक विद्यालय कैलाली र रौतहटको दुर्गा लक्ष्मी मावि बिच प्रतिस्पर्धा हुने मसुरिया फुटबल एकेडेमीका प्रशिक्षक मिलन ओलिले हिमाल पोटलाई जानकारी दिए । प्रदेशबाट छनोट भइआएका विद्यालयले अन्तिम चरणमा राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।