पेन्सन खाँदै आएकी पूर्वहवल्दार विमला लागुऔषध कारोबारमा संलग्न - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पेन्सन खाँदै आएकी पूर्वहवल्दार विमला लागुऔषध कारोबारमा संलग्न



काठमाडौं, १९ पुस । पेन्सन खाँदै आएकी पूर्वहवल्दार विमला थापा लागुऔषध कारोबारमा संलग्न भएको फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगुऔषध नियन्त्रण ब्युरोले उनलाई २९ एम्पुल, ४४ फेनारगन, र ३९ डाइजेपामसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले भारतबाट आगुऔषध ल्याएर बिक्री गर्दै आएको पाइएको ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले वताए ।

प्रहरीले कारोबारमा संलग्न भारतीय नागरिक बिक्कीकुमार सिंह र सञ्जिवकुमार सिंहलाई पनि पक्राउ गरेको छ ।

विमलाका श्रीमान मन्सुर हुसेनलाई पनि ब्युरोले २०७२ साल भदौमा लागुऔषधसहित पक्राउ गरेको थियो । हुसेन अहिले कैद सजायँ भोगिरहेका छन् ।

श्रीमानको कैद अवधि सकिन लागेकोले जरिबानावापतको पैसा जम्म गर्न आफू लागुऔषध कारोबारमा लागेको विमलाले वताएकी छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।