गृहमन्त्रीले पिर्के सलामी लिन नमानेपछि… - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गृहमन्त्रीले पिर्के सलामी लिन नमानेपछि…



काठमाडौं- सधै चर्चा र विवादमा रहने पिर्के सलामीको यसपटक भने सुखद चर्चा भयो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्के सलामी खारेज गरेपछि यसको लामिछाने र पिर्के सलामीले सुखद चर्चा पाएको हो ।

उच्च पदस्थ नेताहरूले लिँदै आएको पिर्के सलामीबारे व्यापक आलोचना हुँदै आएको छ । यसैबीच गृहमन्त्री लामिछानेले पिर्के सलामी खारेज गरेका हुन् । गृहमन्त्री लामिछानेले भावी दिनमा पनि पिर्के सलामी नलिने बताएका छन् ।

गृहमन्त्री लामिछाने बिहीबार दिउँसो सरकारी निवास हरिहरभवन सरेका छन् । त्यसक्रममा उनले पिर्के सलामी खारेज गरेको उनका स्वकीय सचिव प्रकाश सिग्देलले बताए ।

गृहमन्त्री लामिछानेकै निर्देशनमा सलामीमा पिर्का नराखिएको उनले बताए । ‘मन्त्रीज्यूकै निर्देशनमा पिर्का नराखिएको हो,’ सिग्देलले भने ।

यसअघि विभिन्न नेताहरू पिर्के सलामीको शिकार बनेका थिए ।