प्रचण्डलाई लेखराज भट्टले दिए निम्तो - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

प्रचण्डलाई लेखराज भट्टले दिए निम्तो



काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्किन निम्तो दिएका छन् । उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउंदै यसरी भड्किनुभन्दा सच्चिएर पार्टीमा फर्किन निम्तो दिएका थिए ।

झापाको कमल गाउँपालिकामा आयोजित चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा बोल्दै भट्टले प्रचण्ड देशलाई कहाँ पुर्‍याउन खोजेको भन्दै प्रश्न समेत गरेका छन् । भट्टले भारतलाई सहज हुनेखाले सरकार बनाउनुपर्ने प्रचण्डको भनाइप्रति आपत्ति जनाए ।

केही दिनअघि विभाजित प्रचण्डले आफु, कांग्रेस र जसपा मिलेर भारतलाई सहज हुनेखाले सरकार बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

मन्त्री भट्टले प्रश्न गर्दै भने, ‘उहाँले प्रचण्ड गुट, कांग्रेस र जसपा मिलेर भारतलाई सहज हुने सरकार बनाउने भन्नुभएछ, होइन प्रचण्डले देशलाई कहाँ पु¥याउन खोजेको ?’

मन्त्री भट्टले प्रधामन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले इतिहासमा कसैले नगरेका काम गरेकाले राष्ट्रवादी नेता पनि ओलीनै रहेको बताए ।

सरकारलाई काम गर्न अवरोध गर्ने पार्टीभित्रको प्रतिपक्ष अहिले सडकमा पुगेको भन्दै उनले सच्चिएर आए नेकपामा ढोका खुला रहेको बताए । उनले भने, ‘सच्चिएर आउनुस, नेकपामा ढोका खुला छ ।’