लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै लिला गिरी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै लिला गिरी



बुटवल- लुम्बिनी प्रदेशसभाको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले गर्ने सम्भावना बढेको छ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई बनाउने तयारी गरेपछि उनको मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो ।

आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन् ।

आइतबार बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफल गरी एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटाएको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

महासचिव पोखरेलले यसबारेमा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, आकांक्षीहरू लिला गिरी, चेतनारायण आचार्य, भूमिश्वर ढकाललगायतलाई यो विषयमा जानकारी गराएका छन् ।

पार्टीको निर्णय मानेर जाने सबै आकांक्षीले बताइसकेका छन् । एमालेले आइतबारै संसदीय दलको नेता चयन गर्दै छ । गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् ।

एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ छ ।