३ सय १६ जना निर्विरोध निर्वाचित, एमालेकै १ सय ४२ जना - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

३ सय १६ जना निर्विरोध निर्वाचित, एमालेकै १ सय ४२ जना



 

हिमालपोष्ट/काठमाडौँ, २३ वैशाख

पहिलो चरणको स्थानीय तह निर्वाचनमा निर्बिरोध निर्वाचित हुनेको सङ्ख्या ३ सय १६ पुगेको छ । यसमा पहिलो नेकपा एमाले दोस्रो नेपाली काँग्रेस र तेस्रोमा माओवादी परेका छन् ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा केही स्थानमा उम्मेदवारी दर्ता भएकै दिन र केहीमा उम्मेदवारी फिर्तापछि निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।

५६ वडाध्यक्ष, ६३ महिला वडा सदस्य, ७७ दलित महिला सदस्य र ११६ खुलातर्फका वडा सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध भएकामध्ये एमाले सबैभन्दा अगाडि छ । एमालेका १४२, काँग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ४२ जना छन् ।

राप्रपाका ४ तथा नयाँ शक्ति र परिवार दलको १-१ जना उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको आयोगले जानकारी दियो ।