दलहरुले गरे सहमती, जेठ १ भित्र स्थानीय चुनाव गर्ने ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दलहरुले गरे सहमती, जेठ १ भित्र स्थानीय चुनाव गर्ने !



 

हिमालपोष्ट/काठमाडौं,२८ माघ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको प्रमुख दलहरुको बैठकले फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमती गरेका छन । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ ।

स्रोतहरुका अनुसार सरकारले अब फागुन ८ गते भित्र चुनावको मिति घोषणा गर्नेछ ।निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ ।

चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको बैठकमा एमाले उपाध्यक्ष भीम रावल पनि सहभागी थिए ।

एमाले र माओवादी शीर्ष नेताहरुको बैठकअघि माओवादी नेता श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका बताइएको छ ।