काठमाडौंमा बिहानै ६ सय १७ जना पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काठमाडौंमा बिहानै ६ सय १७ जना पक्राउ



काठमाडौं- उपत्यकामा लकडाउन उल्लंघन गर्ने ६ सय १७ जना पक्राउ परेका छन् ।

लकडाउन उल्लंघन गरेको भन्दै आइतबार बिहानै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी कार्यालयका अनुसार आइतबार बिहान साढे ७ बजेसम्ममा लकडाउन उल्लंघन गर्दै सडकमा निस्किने ५ सय १२ पुरूष र १ सय ५ महिलालाई पक्राउ गरिएकाे छ।

त्यस क्रममा एउटा गाडी र १ सय २ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैबीच आजदेखि प्रहरीले पक्राउ परेकालाई प्रहरी कार्यालय नलैजाने भएको छ।

पक्राउ परेकाहरूलाई पक्राउ गरिएकै ठाउँमा २ घण्टा राखेर छाडिने महनगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमणको जोखिमका कारण प्रहरीले लकडाउन उल्लंघन गर्नेविरूद्ध यस्तो नीति लिएको हो।

विश्वमै भयावह बनिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले पनि यही चैत ११ गते बिहान ६ बजेदेखि १८ गते ६ बजेसम्मका लागि पूरै देश लकडाउन अर्थात् बन्द गराएको हाे।

यस अवधिमा घरभित्रै बसेर कोरोना महामारी रोकथाममा सहयोेग मद्दत पुर्‍याउन सबै नागरिकलाई सरकारले आग्रह गरिरहेको छ।

नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सुरुका एक जना स्वस्थ भइसकेका छन् भने चार जनाको उपचार जारी छ।