साउन ७ गतेसम्म थपियो लकडाउन: यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

साउन ७ गतेसम्म थपियो लकडाउन: यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय



काठमाडौं । सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउने निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिए । गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।

सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् ।

तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ ।

यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर जेठ २८ गते भएको निर्णयअनुसार लकडाउन खुकुलो बनाइएको भएकोमा सोही निर्णयअनुसार जारी खुकुलो लकडाउनलाई साउन ९ सम्म कायम राख्ने निर्णय भएको हो।