लोकमानको विषयमा कांग्रेसले हतार गर्दैन : नेता कोईराला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लोकमानको विषयमा कांग्रेसले हतार गर्दैन : नेता कोईराला



 घनश्याम पौडेल अर्घाखाँची, ९ कात्तिक

नेपाल कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले लोकमानले गरेका धेरै काम गलत रहेको बताउदै नेपाली कांग्रेस र माओवादी सरकारमा रहेका पार्टी भएको अवस्थामा कांग्रेस सँग सल्लाहविना एमाले र माओवादीको साटगाटमा महाअभियोग प्रस्ताव दर्ता भएकोमा अहिले तत्कालै एमाले र माओवादीले कांग्रेस सँग सल्लाहविना दर्ता गराईएकोमा लहडमा कांग्रेसले कुनै निर्णय नगर्ने बताए ।

नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले मङगलवार गरेको पत्रकार सम्मेलनमा उनले हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की विरुद्धसंसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाए । कोईरालाले कांग्रेसले हतारमा निर्णय नगर्ने भएतापनी लोकमानलाई बचाउन नखोजेको र लोकमान गलत रहेको बताए । अर्को प्रसङगमा नेता कोईरालाले लोकमानको प्रकरणको काम करिव एक महिना लाग्ने भन्दै एमाले र माओवादि संविधान कार्यन्वयन नगर्ने पक्षमा त लाग्न थालेका हैनन भन्ने शंका उत्पन्न भएको बताउनुभयो । स्थानिय निकायको पुनंसंरचना, निर्वाचन आयोगले दिएका ऐनहरु, संविधान शसोधनको विषय ओझेलमा पर्ने अवस्था आएकोमा लोकमानको विषय भन्दा यो विषय महत्वपुर्ण भएको र लोकमानको विषयमा कांग्रेसको केन्द्रीय सदस्य सँग नभई सासंद सँग तत्काल छलफल गरी लोकमानको विषयमा निर्णय हतार नगरी निस्कने बताउनुभयो ।

संविधान संसोधनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत जान भन्दा पहिले संशोधन गर्छु भन्नुभयो पछि भारतवाट फर्केर त्यसपछी दशै अगाडि, अहिले तिहार अगाडी भन्नुभयो र अस्ति संसदमा अन्तीम चरणमा संशोधन प्रक्रिया पुगेको प्रचण्डले भनेतापनी आफुहरुलाई थाहा नभएको कोईराललाले बताउनुभयो । अर्को प्रसङगमा नेता कोईरालाले स्थानीय निकायको निर्वाचन गर्न नसके प्रतिनिधि सभाको निर्वाचन भए पनि गर्नु पर्ने बताएका छन ।

स्थानीय निकायको निर्वाचनका लागि गाँउपालिका र नगरपालिकामा विवाद बढेको बताउदै ७ माघ २०७४ भित्र निर्वाचन नभए प्राप्त उपलव्धी पनि गुम्ने भएकाले संविधान कार्यन्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताए । जसका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग बनाएर अगाडी बढ्नु पर्छ । केहि शक्तिहरु संविधान निष्क्रीय बनाउनका लागि देशलाई अस्थिर बनाएर राख्न खोजेको आरोप लगाउँदै उहाँले मुलुकलाई अस्थिरताबाट बचाउनको निर्वाचन गराउनु अनिवार्य रहेको बताए । कोईरालाले सविधान कार्यन्वयन गर्नका लागि २०७४ साल भित्र तिन तहको निर्वाचन हुनुपर्ने बताउदै निर्वाचनको तैयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन ।