लोसपाले भन्यो- सरकारमा सम्मानजनक पद चाहियो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

लोसपाले भन्यो- सरकारमा सम्मानजनक पद चाहियो



काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सरकारमा सहभागिताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

उनले चुनावअघिको गठबन्धनलाई जनताले अनुमोदन गरेको र अहिले विभिन्न घटनाक्रमपछि पुनः पुरानै गठबन्धनको सरकार बनेकाले पाँ वर्षै गठबन्धनको सरकारले जनताको अपेक्षाअनुरूप काम गर्नुपर्ने बताए ।

बैठकले वैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ । अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा भने पार्टीले आफू अनुकूलको तयारी गर्ने भण्डारीको भनाइ छ ।