ढाडे बिरालोको जोडीले ल्याए यो तिजमा “लुते बिरालो ” (भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ढाडे बिरालोको जोडीले ल्याए यो तिजमा “लुते बिरालो ” (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो गीत सङ्गीतको बजारमा आफूलाई फरक तरिकाले प्रस्तुत गर्द‌ै आएका गायक प्रकाश कटुवाल र गायिका श्रीदेवी देवकोटाको तिजको कोसेली “ लुते बिरालो ” सार्वजनिक भएको छ । यो जोडी केही वर्ष अघि देखि विशेष गरी तिजका गीतहरुमा चर्चामा रहने जोडी हो ।

सार्वजनिक “ लुते बिरालो” गीतमा मा शब्द प्रकाश कटुवालको र सङ्गीत पनि प्रकाश कटुवालकै रहेको छ । गीतमा श्रीदेवी देवकोटा लाई साथ दिएका छन् चर्चित गायक प्रकाश कटुवाल ले । निकै रोमान्चक ढङ्गले तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निर्देशन शिव बि क र मोडलमा महादेव त्रिपाठी र अन्जली अधिकारीको रहेको छ ।

भिडियोमा छायाङ्कन सम्भु चालिसे र रबिन बिकको सम्पादन रहेको छ । श्रीदेवी देवकोटाको प्रस्तुतिमा रहेको गीतलाई अन्नपूर्ण भिजन प्रा.लीले बजार व्यवस्थापन गरेको छ । गीत गायिकाले आफ्नै यु टुब मार्फत बजारमा ल्याएकी छिन ।