म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु :माओवादी केन्द्रका नेता किराती - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु :माओवादी केन्द्रका नेता किराती



१७ असोज, काठमाडौं ।

माओवादी केन्द्रका नेता गोपाल किरातीले  एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको विरोध गर्दै ‘म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु,’ भनेका छन् ।

पार्टी सचिवालय सदस्यहरुको सोमबार सम्पन्न बैठकमा एमालेसँग एकताको विपक्षमा उभिने उनी एक्ला नेता देखिए । अध्यक्ष प्रचण्डले त्यससम्बन्धि सातबुँदे प्रस्ताव प्रस्तुत गरेलगत्तै किराती विरोधमा उभिए । पार्टी एकताबारे प्रचण्डले केही समय गरेको ‘बि्रफिङ’मा पनि उनले सहमति जनाएनन् ।

‘माओवादीलाई एमालेमा विलय गर्ने कुरा स्वीकार्य हुँदैन, म विद्रोह गर्छु उनले  थप बताए  ।कम्तिमा एउटा चुनाव माओवादी भएरै लड्नुपर्ने उनको लाइन छ ।

सचिवालय बैठकमा किरातीले एमाले पहिचानविरोधी पार्टी भएको औंल्याएका थिए । ‘पहिचान माओवादीले उठाएको मुद्दा हो, एमालेसँग एकता गरेपछि यो मुद्दा के हुन्छ ?’ उनले अध्यक्ष प्रचण्डलाई प्रश्न गरेका थिए ।

माओवादी प्रवेश गर्नुअघि किरात वर्कर्स पार्टी गठन गरेर पूर्वी पहाडमा भूमिगत गतिविधिमा संलग्न थिए, किराती । माओवादी प्रवेशपछि पनि उनी पहिचानको मुद्दामै केन्दि्रत देखिन्थे ।

सोही मुद्दामा निरन्तर अडिएका उनी अहिले माओवादी केन्द्रबाट प्रदेश १ को मुख्यमन्त्रीका आकांक्षी हुन् ।

अनलाईन खबरबाट