नेकपा एमालेबाट पोखराथोक वडामा उम्मेदद्वारी दिएका माधव गौतम को हुन् ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेकपा एमालेबाट पोखराथोक वडामा उम्मेदद्वारी दिएका माधव गौतम को हुन् ?



१७,वैशाख: सुवास गौतम अर्घाखाँची , मिति 2028 माघ 5 गते पिता लोकनाथ गौतम र माता हिमकला गौतमको कोख बाट ५ भाई , सात बहिनी मध्ये कान्छो सुपुत्रको रुपमा साविकको पोखराथोक वडा नं ३ रयलेमा जन्मनु भएका नेकपा एमाले पाणिनी २ अध्यक्ष तथा पाणिनी गाउँपालिका वडा नं २ का उम्मेदवार माधव गौतम एक जुझारू, कर्तव्यनिष्ठ , वौद्धिक , लगनशिल , सक्रिय , निष्ठावान , त्यागी र समाजसेवि व्यक्तित्व हुनुहुन्छ ।

उच्च माध्यमिक तह उत्तीर्ण गर्नु भएका गौतमले कक्षा ४ सम्मको प्राथमिक शिक्षा गाउँमा रहेको निजका वुवा स्व. लोकनाथ गौतम , स्व. गिरिधारी गौतम , स्व. वुद्धि प्रसाद गौतम आदि समाजसेवि , शिक्षाप्रेमीहरुले स्थापना गरेको श्री चित्ररम्भा प्रा. वि . मा लिनुका साथै माध्यमिक तह (कक्षा १० ) सम्म को शिक्षा पश्चिम नेपालकै पहिलो ऐतिहासिक विद्यालय श्री हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालय पोखराथोक मा लिनुभएको थियो । कक्षा ११ को शिक्षा लिन तानसेन पाल्पा प्रस्थान गर्नु भएका गौतम घरको कमजोर आर्थिक अवस्था का कारण जन्मभूमी फिर्ता भई श्री हरिहर संस्कृत तथा साधारण मा . वि . बाट उच्च माध्यमिक तह पुरा गर्नुभएको थियो । गौतमको ११ वर्ष उमेर हुदा निजका बुवाको मृत्यु भएपश्चात उहाँ थप परिवारीक जिम्मेवारीमा बाधिनु भयो ।

थप अध्ययन लाई निरन्तरता दिन असमर्थ गौतम रोजगारीका लागी गौतम बुद्धको जन्म स्थल लुम्बिनी गई जापानले खोलेको ” होटेल होक्के ” र गौतम वुद्धको मुर्ति पसलमा सेल्स म्यानेजरको जिम्मेवारी सहित २७ महिना कम गरे संगै आब गाउँमै केही गर्नु पर्छ भन्ने लगेर घर फिर्ता हुनुभयो। घर फिर्ता पश्चात गौतमले पोखराथोक को आफ्रा र लामडाडा मा किराना पसल सन्चालन गर्नु भयो । व्यापारको साथ साथै कृषि तथा पशुपालनमा हात हालेका गौतमले गाउँमा कृषिमा व्यवसायिकरण गर्नु पर्ने अवधारणा ल्याई गाउँका युवा हरुलाई उत्प्रेरित गदै एकल तथा समुहमा व्यवसायिक आलु खेति , व्यवसायीक वाख्रा पालन गदै आउनु भएको छ। निरङ्कुश राजतन्त्र परास्त गरेको दोस्रो जनआन्दोलन २०६२-०६३ मा सक्रिय सहभागी गौतम संविधान सभाको निर्वाचन संविधान सभा पछिको निर्वाचन मा जिम्मेवारी पुर्वक भूमिका निर्वाह गरेका जनताका आखाँमा नबिजाउने पात्र हुनु हुन्छ ।

गाउँमा पहिले देखी जरा गाडेको निरङकुश शैली अन्याय, अत्याचार , भूमाफिया का विरुद्ध खरो रुपमा प्रस्तुत हुने गौतम समाजमा सबै मिलेर बस्नु पर्ने धारणा भएका मिलन सार परोपकारी व्यक्तित्व हुनुहुन्छ । द्वन्द कालिन समयमा अर्घाखाँची को पुर्वि भेगमा रक्षात्मक भूमीका खेलेका गौतम झगडाका विरुद्ध मेलमिलाप सहकार्य सह- अस्तित्व को धारण विकसित गर्ने एक कुशल पात्र हुनुहुन्छ । सार्वजनिक सम्पतिमा आखां लगाउने तत्व को विरुद्ध खरो रुपमा प्रस्तुत हुनुभएका गौतम त्यस्ता गलत कार्य हरु रोक्न सफल पात्रको रुपमा पनि चिनिनु भएको छ। बालक देखी- वृद्ध सबैका प्रिय पात्र गौतम समाजमा पछि परेका दलित ,जनजाति , अल्पसंख्यक , अपाङ्ग , महिला विपन्न वर्ग आदिको उत्थान कै लागि लड्दै आउनु भएको छ । जनताका पिर मर्का घाउमा मलम पट्टि लगाउँदै आएका गौतम ज्येष्ठ नागरिकको नजरमा पनि रुचाइएका व्यक्ति हुनुहुन्छ । पाणिनी २ रयले निबासी ८४ बर्षिय डोलनाथ गौतम का अनुसार माधव गौतम का बुवा स्व. लोकनाथ गौतम समाज सेवि परोपकारी व्यक्ति हुनुहुन्थ्यो र उक्त गुणहरु कान्छो सुपुत्र माधव गौतममा सरेका छन ।

१०३ वर्षकी आफ्नी माता हिमकला गौतमले आर्शिवाद लिदै शिरमा हात राखेर स्व. बुवा को सपना साकार गरेस चुनाव जितिसके पछि गरिब ,अपाङ्ग ,दलित , जनजाती लगायत निम्न वर्गको काम सबभन्दा पहिला गर्नु , चुनाव जित्छस आशिर्वाद बावु भनेको गौतम वताउनु हुन्छ । स्व. बुवा लोकनाथ गौतमले निमार्ण गरेको सन्तानेश्वर शिवालय मन्दिर मा गएर चुनाव जिति सके पछि आफुले पाउने ३० महिना वरावरको रकम वृद्ध, आमा बुवा , अपाङ्ग , जनजाती पिछडिएको क्षेत्र मा सो रकम खर्च गर्ने वाचा गरि चुनावीप्रचार प्रसार मा हुुनुहुन्छ । एक पटक मलाई अवसर दिनुस पोखराथोक वासिहरुले दिएको जिम्मेवारी कुशलता पुर्वक गर्ने छु भनेर जनार्दन जनता माझ पुग्नु भएको छ ।