मदिरा व्यबसायीले दृष्टिविहिनलाई खाध्यान्न प्रदान - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

मदिरा व्यबसायीले दृष्टिविहिनलाई खाध्यान्न प्रदान



बुटवल, ११ पुस । मदिरा व्यबसायी संघ रुपन्देहीले अनाथ तथा असाहाय दृष्टिविहिनलाई राहत स्वरुप खाध्यान्न प्रदान गरेको छ ।

संघको नवौं स्थापना दिवसको अवसर पारेर संघले बुटवल १४ तामनगर स्थित रुपन्देही नेत्रहिन संघको आश्रयमा रहेका घरबार बिहिन विपन्न वर्गका दृष्टि बिहिनलाई राहत स्वरुप खाध्यान्न तथा नगद रुपैंया हस्तान्तरण गरेको हो ।

संस्था स्थापना भएको अवसर पारेर संघले सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक वर्ष अनाथ तथा असाहायलाई राहत प्रदान गर्दै आएको छ ।
उक्त अवसरमा मदिरा व्यबसायी महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद नेपाल, जिल्ला शाखाका अध्यक्ष सुलोचन ढकाल लगायत पदाधिकारीहरुले रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासिनीलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

 

रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको नेत्रहिन आश्रय स्थलमा ८ जना महिला र ६ जना पुरुष गरी १४ जना अनाथ तथा असाहाय दृष्टिबिहिनले आश्रय लिईरहेका छन् । खाध्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै मदिरा व्यबसायी महासंघका अध्यक्ष नेपालले संघले गरेको सहयोग सानो भएपनि यो सहयोग अरुअरुका लागि पनि मार्गदर्शक भएको विश्वास व्यक्त गर्नुभयो । व्यसायिक संघसंस्थाहरुले आफ्नो व्यबसाय संगै सामाजिक काममा सक्रियता देखाउनु आफैमा राम्रो पक्ष भएको उहाँको भनाई छ ।

 

राहत खाध्यान्न ग्रहण गर्दै नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष मरासिनीले आश्रयमा रहेका नेत्रहिनलाई स्वरोजगारका बिभिन्न खाले तालिम प्रदान गरि आत्मनिर्भर बनाउने काम समेत संगै गरिरहेको बताउनु भयो । उक्त आश्रयमा रहेका दृष्टि बिहिनले अहिले अगरवत्ति बनाएर आत्मनिर्भर हुने काम गरिरहेको उहाँले बताउनु भयो । स्वरोजगारीका लागि संस्थाले पूर्ण रुपमा लगानी गर्ने गरेको नेत्रहिन संघ रुपन्देहीका लेखा संयोजक तथा पूर्व सचिव कृष्ण जिसीले बताउनु भयो ।

 

उहाँका अनुसार रुपन्देही जिल्लामा दश हजार ७ सय ४७ जना दृष्टि बिहिन मध्ये २ हजार १ सय १ जना पूर्ण दृष्टिबिहिन छन् । बाँकी भने अल्प दृष्टिबिहिन हुन् । मदिरा व्यबसायी संघ रुपन्देहीका अध्यक्ष सुलोचन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव भिष्मराज अर्यालले गर्नुभएको थियो भने कार्यक्रम संयोजक पृतम गिरीले स्थापना दिवसमा अनाथ असाहायलाई राहत प्रदान गर्ने कार्यक्रम अनुसार सबैभन्दा कमजोर क्षेत्रलाई रोजेर त्यस स्थानमा सहयोग गरिएको बताउनु भयो ।

राहत हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, सदस्य, स्थानीय स्तरमा कृयाशिल राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनीधि समेत सहभागि थिए ।