महन्थ ठाकुर पत्तासाफ हुने संकेत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महन्थ ठाकुर पत्तासाफ हुने संकेत



लोसपा अध्यक्ष महन्थ ठाकुरको राजनीतिक भविष्य संकटमा परेको छ । मधेश र मधेशी जनताका नाममा हरेकपटक अवसर लिँदै आएका ठाकुर यसपल्ट अन्तिम चुनावी दौरानमा थिए ।

काठमाडौँ केन्द्रित भएर मधेशका मुद्दा भुल्ने आरोप लागेका उनलाई यसपटक भने मधेशका जनताले पत्याएनन । मतदाताले यसपालि सजाय नै दिने निश्चित देखिएको छ । लोसपाको बलियो सांगठानिक संरचना रहेका ठाउँहरूमा समेत ठाकुरकै कारण भोट आएन।

उनलाई स्वतन्त्र उम्मेदवार रामआधार कापरले निरन्तर अग्रता लिँदै ठाकुरलाई पछाडि पारेपछि ठाकुरका बारे विभिन्न अडकलबाजी सुरु हुन थालेको छ ।

देशैभरिको मतगणनाको अवस्था हेर्दा चर्चित नेताभन्दा स्थानीय जनमानसमा भिजेको नेतालाई जनताले रुचाएको देखिएको छ । यसअघिको निर्वाचनमा समेत यसै क्षेत्रबाट निर्वाचित भएका ठाकुरले जनतामा खासै प्रभाव छाडन सकेनन् ।

जिल्लामा अहिले तीन जना हेभिवेट नेता चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं. १ मा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, क्षेत्र नं. २ मा सरद सिंह भण्डारी र क्षेत्र नं. ३ मा महन्थ ठाकुर छन् ।

तीनै जना नेताको राष्ट्रिय राजनीतिमा गर्विलो विरासत छ । उप-प्रधानमन्त्री समेत भैइसकेका महन्थ ठाकुर हुन् वा दर्जनभन्दा बढी पटक मन्त्री बनेका सरद सिंह भण्डारी हुन् वा दुई पटक शिक्षा, स्वास्थ्य मन्त्री बनिसकेका गिरिराजमणि पोखरेल हुन् ।

उनीहरूले राष्ट्रिय राजनीतिमा राम्रो छाप छाड्न सफल छन् । प्रम्भिक मतगणनामा यि नेतहरूमध्ये दुई जना महन्थ ठाकुर र गिरिराजमणि पोखरेल सकसमा छन् भन्ने प्रमाणित भएको छ ।

पोखरेलभन्दा पनि महन्थ ठाकुरको विषयलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । क्षेत्र नं. १ मा ‘ख’ बाट मतगणना गरिएको हुनाले लक्ष्मी महतोले अग्रता लिनुलाइ माओवादी केन्द्रका नेताले पनि स्वभाविक ठानेका छन् ।