रोचक मोडमा राजनीति: महन्त ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रोचक मोडमा राजनीति: महन्त ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना



काठमाडौं- नेपाली राजनीति यतिबेला रोचक मोडमा पुगेको छ । चौथो शक्ति जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ ।

ठाकुरलाई प्रधानमन्त्री बनाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन् । शुक्रबार देउवानिवास बुढानिलकण्ठमा बसेको बैठकमा ठाकुरलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड तयार भएका हुन् ।

स्रोतका अनुसार बैठकमा देउवा र प्रचण्ड दुवैले सहमतिका लागि ठाकुरलाई प्रधानमन्त्री बनाएर जाने विषय राखेका थिए । देउवाले लोकतान्त्रिक गठबन्धन बनाएर जाने प्रस्ताव राख्दै महन्थलाई प्रधानमन्त्री बनाएर जान समस्या नभएको बताएको बुझिएको छ । तर, उनले पार्टीभित्र छलफलको समय मागेका छन् ।

काँग्रेसभित्र ओली सरकारको विकल्प खोज्न दबाब बढ्दै जाँदा देउवा लचिलो बनेका हुन् । ठाकुरलाई प्रधानमन्त्री बनाउन नेताहरु सहमत भएसँगै राजनीति रोचक मोडमा पुगेको छ ।

प्रतिनिधि सभामा चौंथो ठुलो दल भएपनि जसपा निर्णायक शक्ति बनेको थियो । जसपाले सरकारको नेतृत्वको दाबी समेत गर्दै आएको थियो । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीका दाबेदार बन्दै आएका थिए ।

तीन दलबीच सहमति बन्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा रहँदै आएका छन् । उनले फेरि चुनावमा जाने जोडबल गर्दै आएका छन् ।