पाँच हजार मत गन्न बाँकी, तर महेश र दुर्लभको भिडन्त झनै रोचक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पाँच हजार मत गन्न बाँकी, तर महेश र दुर्लभको भिडन्त झनै रोचक



काठमाडौं- प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा अहिलेसम्म ६० हजार मतगणना गरिएको छ । यहाँ कुल ६५ हजार ९१९ मत खसेको छ ।

भक्तपुर–२ मा सुरुआतदेखि नै नेपाली कांग्रेसका उमेदवार दुर्लभ थापाको अग्रता कायम छ । पछिल्लो परिणामानुसार उनले २२ हजार ८१ मत प्राप्त गरेका छन् ।

निवर्तमान सांसद समेत रहेका नेकपा (एमाले)का उमेदवार महेश बस्नेत २१ हजार १३६ मतसहित दोस्रो स्थानमा छन् । उनीहरूबीचको मतान्तर ९४५ छ ।