महिलाहरू स्थनिय तहको निर्वाचनमा नेतृत्व लिन तयार छन्- भगवति बेल्बासे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महिलाहरू स्थनिय तहको निर्वाचनमा नेतृत्व लिन तयार छन्- भगवति बेल्बासे



हिमाल पोस्ट /अर्घाखाँची,चैत्र १७ 

स्थनिय तहको निर्वाचन घोसणासंगै अर्घाखाँची जिल्लामा पनि निर्वाचनको चहलपहल बढेको र आम नागरिकमा उत्साह बढेको पाइएको छ। २० वर्षदेखि भोट हाल्न नपाएर पर्खिएर बस्नुपर्ने अवस्थाको अन्त्य भएकोमा स्थानीयवासी निक्कै उत्साहित छन्। लामो समय स्थानीय निकायको निर्वाचन नभएकोले जनताले आँफै चुनेका प्रतिनिधि पाएका थिएनन् जसले गर्दा जनताका समस्या समाधान गर्न असहज स्थिति भएको बताउछिन विगत लामो समय देखि महिलाहरूको हक- अधिकारको क्षेत्रमा काम गर्दै आएकी सितागंगा नगरपालिका कि उप -मेयर आकांक्षी भगवति बेल्बासे।

आमा समूहको गठन गरी त्यसलाई महिला सहकारीको रूपमा विकास गरी ग्रामीण महिलाहरूको आर्थिक स्थिति मजबुत गराउन उल्लेखनीय भूमिका खेलेकी उनीले दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनले जनतामा नयाँ आशाको संचारसंगै महिलाहरू पनि नेतृत्व लिन तयार रहेको उनी बताउछिन । निर्वाचनको तयारी भैरहदा यहाँका राजनैतिक दलका कार्यकर्ता बिच कुन दलको उमेदबार विजयी हुन सक्छ भन्ने बारे जोड घटाऊ सुरु हुन थालेको छ ।

नयाँ संरचना अनुसार जिल्लामा ३ नगरपालिका सहित् ३ गाउँ पालिका छन् भने जिल्ला कै सबैभन्दा ठुलो नगरपालिका सितागंगा लाई स्थानीय देखी केन्द्र सम्म विशेष चासोको रूपमा हेरिएको छ । सो नगरपालिकामा काँग्रेस र एमालेको कडा प्रतिस्प्राधा हुने बताउछन स्थानियहरु।

जताततै उमेदबार छनौटमा आकांक्षी धेरै हुँदा राजनैतिक दललाई उमेदबार छनौटमा हम्मे हम्मे परिरहेको अवस्थामा सितागंगा नगरपालिकामा काँग्रेसमा भने खासै विवाद नभएको बताउछन स्थानीय युवा प्रदीप बेल्बासे । काँग्रेस बाट मेयरको लागि सूर्य प्रसाद अधिकारी र छबिलाल पौडेल तथा उप -मेयरको लागि भगवति बेल्बासेलाई आकांक्षीको रूपमा हेरिएको छ । मेयरमा दुई जना आकांक्षी भए पनि उनीहरू मिलेर जानेमा ढुक्क रहेको काँग्रेस कार्यकर्ताहरूले बताउने गरेका छन् ।

“वडाहरुमा भने युवा देखी पुराना नेता सम्म आकांक्षी धेरै देखिएका छन् । युवा र पुराना नेताहरूलाई मिलाउन चुनौती देखिएको छ । आकांक्षी धेरै हुनु स्वाभाविक हो ” प्रदीप बेल्बासेले भने । युवा र पुराना नेताहरूको चुनावी प्रतिस्प्रधी अवस्थाको बारेमा थप्दै उनी भन्छन् ” करिब दुई दशक पछि निर्वाचन हुन थालेकोले आकांक्षी धेरै छन् र २० वर्ष पहिला अहिलेका पुराना भनिएका नेताहरू युवा थिए तर युवा अवस्थामा उनीहरूले अवसर नै पाएनन् त्यसैले उनीहरूले पनि उमेदवारी दाबी गर्नु स्वभाबिक छ।