मैले जति माया तिमीले कहाँ गर्यौ र ?(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मैले जति माया तिमीले कहाँ गर्यौ र ?(भिडियो सहित)



हिमाल पोष्ट/काठमाडौं

भूगोल बाट टाडा रहेर पनि नेपाली संगीत प्रति निरन्तर लगाव राखेर दर्शक- श्रोता माझ छाहिरहेका गायक हुन् ईश्वर पोखरेल (अविरल) । पश्चिम नेपालको गुल्मीमा जन्मेका पोखरेल “‘जानु पर्यो नी म त लाहुर” उनको पहिलो गितको शीर्षक जस्तै सात वर्ष देखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका छन् । गुल्मी , बुटवल हुदै अस्ट्रेलिया सम्म जिबन यात्राहरु मोडिए पनि सांगीतिक यात्रामा निरन्तर लागेका पोखरेलले केहि दिन अगाडी “मैले जति माया कहाँ गर्यौ र ? ” बोलको गीत सार्बजनिक गरेका छन्। नरेश भट्टराईको शब्द संयोजन र हरि लम्सालको संगीत रहेको उक्त गीतको भिडियोमा जिबन भट्टराई , आशमा घिमिरे र सुरजले अभिनय गरेका छन्। जसलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने निर्देशन अर्जुन अधिकारीको रहेको छ ।

‘पोखरेलले बि.स २०६१ मा आफ्नो पहिलो एल्बम ‘शितल’ सार्वजनीक गरेका थिए जसमा नवराज लम्सालको शब्द र राजु सिंहको संगीतमा रहेको ‘तिमि छैनौ त छैन शितल’ बोलको गीतले उनलाई सांगीतिक भिडमा केही हदसम्म पहिचान दिलाउन सफल भएको थियो । उनले २०६४-६५ सालमा ‘अराईज ’ नामको दोस्रो एल्बम अराध्य लिएर आए जसमा रहेको ‘रातो रिवन’ बोलको दर्शकहरुले निकै रुचाएका थिए । उनी आफ्नो दोस्रो एल्बमको सफलतासँगै नेपाली संगीतीक क्षेत्रमा जम्दै थिए । त्यसै समय उनी आफ्नो अध्ययनलाई निरन्तरता दिनका लागी अष्ट्रेलीया तर्फ लागे उनी आफ्नो ‘पहिलो गीत जानु पयो नी लाहुर’ सम्झदै भन्छन् ” लाहुर आउने कुनै सोच थिएन तर विभिन्न कारणले गर्दा अष्ट्रेलीया नआइ सुखै पाइएन् ” पोखरेल सीड्नी तथा अष्टेलियाका अन्य विभिन्न भागमा हुने सांतगीतीक कार्यक्रममा आफ्नो प्रस्तुती दिने गर्छन् । संगीत प्रति गहिरो लगाव राख्ने गायक पोखरेल भन्छन् “समयले जहाँ पुयाए पनि आफ्नो संगीत प्रतिको लगाव कहिल्यौ मर्दैन “। उनी सधै सुख दुःखमा साथ दिने आफन्त साथीभाई, दर्शक स्रोताहरुको माया , हैसला र प्ररणाले नै आफु संगीतीक क्षेत्रमा लागी परेको बताउछन् । अजुर्न पोखरेलको संगीत अमृत रेग्मीको शब्दमा अन्जु पन्तसँग युगल गीत ”मैले झैं मर्ने बारे सोछेउ होला” सन् २०१४ मा र ” तिमी जुन गहिरामा छौ ” करिब ५ महिना अगाडी सार्बजनिक गरेका थिए ।