माईतीको सम्झनालाई समेटेको मार्मिक तीज गीत “मैना चरी ” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माईतीको सम्झनालाई समेटेको मार्मिक तीज गीत “मैना चरी ” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा यसपालि पनि गायिका कल्पना श्रीपालले महिलाका वेदना र माईतीको सम्झनालाई समेटेर अति मार्मिक तिज गीत “ मैना चरी ” सार्वजनिक गरेकी छिन् ।

किरण बाबु पुनको शब्द सृजनामा सजिएको गीतमा उनै गायिका कल्पना श्रीपालको एकल स्वर रहेको छ । अघिल्लो तिजमा पनि मौलिक तिज गीत “पहिलेका कस्ता हुन्थे र ”बजारमा ल्याएर निकै चर्चा कमाएकी गायिका श्रीपालले यो गीतबाट पनि पहिलेको जस्तै दर्शक श्रोताको माया पाउने आशा गरेको हामी सँगको कुराकानीमा बताईन ।

यस्तै भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने करन चैसिरको छायाङ्कनमा विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा दिपाशा बि.सीको अभिनय देख्न सकिन्छ । गीत कल्पना श्रीपालीको प्रस्तुतिमा बजारमा आएको हो ।