माइतीघर नजिकै शंकास्पद बस्तु फेला - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

माइतीघर नजिकै शंकास्पद बस्तु फेला



काठमाडौं । माइतीघर नजिकै शंकास्पद बस्तु फेला परेको छ । महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी कौशल बुढाथोकीका अनुसार सेन्ट जेभियर कलेज नजिकै शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद बस्तुभेटिएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेकाे छ । डिस्पोज गर्दा ठूलाे आवाज आएको र घटनास्थलमा फलामको किल्ला भेटिएको उहाँले जानकारी दिनुभयो ।

बम हो या होइन भन्ने, परीक्षणपछि मात्र भन्न सकिने बुढाथोकीले बताउनुभयो । शंकास्पद बस्तु फेला परेपछि त्यस रुट भएर चल्ने यातायात केही समय प्रभावित भएका थिए ।